१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

मधेस आन्दोलनको प्रथम सहिद महतोकै जन्म स्थल नवराजपुरमा डा राउतले बलिदानी दिवस मनाउने

Logo
प्रकाशित आइतबार, माघ ०५, २०७६

न्यूजमधेश सम्बादाता
लहान, ५ माघ।मधेस आन्दोलनका पहिलो शहिद रमेश महतोको बलिदानी दिवस डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको नवराजपुरमा मनाउने भएको छ । नवराजपुर गाउँमा शहिद महतो परिवारको घर पर्छ ।

२०६३ माघ ५ गते आजकै दिन लहानमा मधेस आन्दोलनका क्रममा महतो शहिद भएका थिए । आन्दोलनकारीले तत्कालिन माओवादीको गाडी रोकेपछि चलाएको गोली लागेर महतोको मृत्यू भएको थियो । त्यसपछि मधेसभर आगो झै आन्दोलन फैलिएको थियो ।

जनमत पार्टीका अध्यक्ष डा. राउत लहानस्थित शहिद महतोको शालिकमा माल्र्यापण गर्ने र त्यसपछि भगवानपुर गाउँपालिका र सखुवानारकट्टी गाउपालिकामा पार्टी कार्यलय उदघाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि नवराजपुर वडा नम्बर ४ सोनवर्षा पुगेर बलिदानी सभा गर्ने जनमत पार्टीका प्रशिक्षक संजय यादवले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]