२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

युवा व्यवसायी सुल्तानियाको निधन

Logo
प्रकाशित आइतबार, माघ ०५, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,५ माघ।युवा व्यवसायी महाबीर सुल्तानियाको शनिवार बिहान उपचारको क्रममा मृत्यु भएको छ ।५१ वर्षिय सुल्तानियाको भारतको राजधानी नयाँदिल्लीमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनी गत आइतवारदेखि बिरामी भएका थिए ।उपचारका लागि काठमाण्डुको ओम नर्सिग होममा भर्ना भएका सुल्तानियाको रोग पत्ता लाग्न नसकेपछि दिल्ली रेफर गरिएको थियो ।एयर एम्बुलेन्सबाट दिल्ली पुगेका सुल्तानियाको निधन भएको हो ।उत्तर प्रदेशको बनारसमा उनको अन्त्येष्टि गरिएको छ ।

उनी जनकपुरधामको शिवचोकस्थित आफ्नै घरमा हेलो इन सञ्चालनगर्दै आएका सूल्तानिया जानकी फाइनान्स कम्पनीको सधारण शेयरहोल्डर तर्फबाट सञ्चालक समितिमा थिए ।

उनको एक छोरा, श्रीमती, आमा, भाउजु र दुई जना भतिजा छन् ।

महाबीर सुल्तानिया जनकपुर टुडे पत्रिका सञ्चालन र व्यवस्थापनमा सकृय सहयोग गर्ने सिमित व्यक्तिहरु मध्येका एक थिए ।उनको सयोगबिना जनकपुर टुडेको डमी अंकको प्रकाशन संभव थिएन् ।

सुल्तानियाको निधनप्रति जनकपुर टुडे मिडिया ग्रुपले दुख व्यक्तगर्दै उनको आत्माको चीरशान्तिका लागि कामना गरेको छ ।दुखको घडीमा शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]