०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

जनकपुरधाम उपमहानगरपालिकाद्वारा शहिद महतोको समझनामा दिपप्रज्वलन

Logo
प्रकाशित आइतबार, माघ ०५, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,५माघ।मधेस आन्दोलनका प्रथम शहिद रमेश महतोको १३ औं बलिदानी दिवसको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाको कार्यलय परिसरमा दिपप्रज्वलन गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाद्वारा आयोजित शहिदहरुको सम्झनामा दिपप्रज्वलन कार्यक्रम गरेको थियो।

दिपप्रज्वलनमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले आजकै दिन सिरहाको लाहनमा रमेश महतोले सहादत प्राप्त गरेको जानकारी गराउदै ।उनले मधेश आन्दोलन लगाइत ज्ञात अज्ञात सम्पूर्ण सहिदहरु प्रती श्रधाशुमन गरेका थियो। संघीय लोकतन्त्र स्थापना मधेसी थारु शहिदहरुको बलिदानी खेरजान नदिने प्रतिवद्धता जनाएका छन् ।

उनले जसको लागि मधेश आन्दोलन भएको थियो त्यो अहिले पनि पूरा नभएको बताउनुभयो।उनले संघीयता कार्यान्वयणमा जोड दिदै प्रदेशलाई अधिकार सम्पन्न र संविधान संशोधनका लागि संघर्ष जारी राखेका बताए ।

दिपप्रज्वलन समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिता झा,निमित प्रमुख प्रशासकीय अधकृत मिहिलाल ,लगाइत वडा अध्यक्षहरुको समेत सहभागीता रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]