१० माघ २०८२, शनिबार
24-01-2026 , Sat
×

मधेसी शहिदहरुको सम्झनामा विद्यार्थी यूनियन धनुषाद्वारा दिपप्रज्वलन कार्यक्रम

Logo
प्रकाशित आइतबार, माघ ०५, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम, ५ माघ।मधेस आन्दोलनका प्रथम शहिद रमेश महतोको १३ औं बलिदानी दिवसको अवसरमा जनकपुरस्थित जानकी मन्दिरमा दिपप्रज्वलन गरिएको छ । समाजवादी विद्यार्थी यूनियन, धनुषाले शहिदहरुको सम्झनामा दिपप्रज्वलन गरेका हुन् ।

दिपप्रज्वलनमा समाजवादी पार्टीका प्रमुख सचेतक तथा प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरियाले शहिदहरुको बलिदानी खेरजान नदिने प्रतिवद्धता जनाएका छन् । उनले संघीयता कार्यान्वयणमा जोड दिदै प्रदेशलाई अधिकार सम्पन्न र संविधान संशोधनका लागि संघर्ष जारी राखेका बताए ।

उनले वर्तमान कम्युनिष्ट सरकार संघियता विरोधी गतिविधिमा सक्रिय रहेको आरोप समेत लगाए । उनले संविधान संशोधन गर्ने लिखित सम्झौता गरी मधेससँग प्रधानमन्त्री ओली गद्दारी गरेको पनि बताए ।

दिपप्रज्वलन समारोहमा प्रदेश सांसद रामअशिष यादव, प्रदेश उपाध्यक्ष उर्मिला साह, प्रदेश सदस्य ममता मण्डल, जिल्ला अध्यक्ष पशुपति यादव, कमलेश यादव, सुनिल मण्डल, बलराम कापर, बिन्दी लाल महतो, प्रमोद कुमार अधिकारी, उमेश यादव, विकास यादव जितेन्द्र कापर लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]