०६ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा मधेशवादी प्यानेल विजयी

Logo
प्रकाशित सोमबार, माघ ०६, २०७६

न्यूजमधेश सम्बादाता
रौतहट,६ माघ।जिल्लाको मौलपुर नगरपालिका वड़ा नम्बर ६ स्थित श्री माध्यमिक विद्यालयको व्यवस्तापन समिति को निर्वाचनमा मधेशवादी प्यानल विजयी भएको छ ।

राजनितिक हस्तक्षेपका कारण विगत लामो समय देखि विबादित रहेको विद्यालय व्यवस्थापन समितिको शनिवार भएको भएको निर्वाचनमा मधेशवादी समूहका गठवन्धनले विजयी हासिल गरेका छन । समाजवादी पार्टीका युवा नेता लखिन्द्र यादवको लगनशीलता परिश्रमको कारण नेकपाको प्यानल पराजित भएको हो ।

नेकपाबाट निर्र्वािचत नगर उपप्रमुख गौरीशंकर प्रसाद जायसवालको कारण अवरुद्ध रहेको विद्यालय व्यवस्थापन समितिको छनौट प्रक्रिया निर्वाचनको माध्यमबाट पूरा भएको हो । निर्वाचनमा मधेशवादी पैनलका रामप्रसाद यादवको विजयी भएको हो । मौजेलाल यादव ,पूनम देवी जायसवाल र राम कुमारदेवी ९३ मतले जीत हासिल गरेका हुन ।

१४ सय मतदाता रहेको उक्त विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा ८६० मत खसेको थियो । रामप्रवेश यादवको पक्षमा ४५० मत प्राप्त भएको थियो भने प्रतिपक्षमा उमेदवार नेकपा समर्थक सुरेन्द्र प्रसाद यादवलाइ ३५७ मत प्राप्त भएको निर्वाचन अधिकृत राजेन्द्र साहले जानकारी गराएका छन । २० मत बदर भएको थियो भने ३१ मत छ्यासमिस खसेको थियो । निर्वाचित रामप्रसाद यादवले विद्यालयको स्तरउन्नती र गुणस्तरीय शिक्षा आफनो प्राथमिकता भएको प्रतिवद्धता जनाएका छन ।

युवा नेता लखिन्द्र यादवले शिक्षाको विकास हाम्रो प्रतिवद्धता भएको जनाएका छन । उनले शिक्षा र स्वास्थ्यको विकास नै विकासको मुलभुत आधार भएको भन्दै शिक्षामा राजनितिक क्षम्य नहुने चेतावनी समेत दिएका छन । युवाहरुको समूहको सक्रियता को कारण विद्यालय व्यवस्थापन समितिको निर्वाचन हुन सकेको छ । नेकपाको बहुलयता रहेको क्षेत्रमा मधेशवादी दलको यो जितले आगामी निर्वाचनमा परिवर्तन ल्याउने जन विश्वास रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]