२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

मरेको भनिएकी महिला जिवितै फेला

Logo
प्रकाशित सोमबार, माघ ०६, २०७६

न्यूजमधेश सम्बादाता
रौतहट,६ माघ।रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ६ सेढ़वा ब्रह्मपुरीमा मृत्यु भएको भनिएकी एक महिला जीवित रहेको पुष्टि भएको छ ।

पुस २८ अर्थात् १३ जनवरीका दिन गरगहना सहित गायब भएकी महिलाको परिवारजनहरुले १६ जनवरीमा मृत्यु भइसकेको बताएका थिए । १७ जनवरी माघ ३ गते शुक्रवार उक्त महिलालाइ बैरगनिया सिमामा रहेका एसएसवीले जीवितै बरामद गरेको थियो ।

भारतीय संचार माध्यमको अनुसार सर्लाहीको सेड़वा ब्रह्मपुरी निवासी सिमा कुमारीको मृत्यु १६ जनवरी ३ गते माघ शुक्रवार भएको पुष्टि परिवारजनले दाह संस्कार गर्नको लागि जिम्मा लिएको थियो ।

युवक पक्षले डीएनए परीक्षणको माग गरेपछि प्रहरी उपरीक्षकले परीक्षण गराएर परिवारको शव जिम्मा लगाउन बथनाहा थाना अध्यक्ष लाइ निर्देशन दिएको थियो । १८ जनवरी शनिवारका दिन नेपाल भारत सिमाको बैरगनिया सिमामा रहेका भारतीय सिमा सुरक्षा बल २० बटालियनले शंकास्पद अवस्थामा रोकेर जेकजाँच गर्दा ठूलो मात्रामा गहनाहरु बरामद गरेको थियो । छानविनको क्रममा उक्त महिलाले गहना लिएर माइती घर गइरहेको बताएकी थिइन् ।

अर्को विबाह गर्ने बताएपछि बैरगनिया एसएसवीले परिवारलाइ खबर गरेर बोलाएपछि उक्त रहस्य खुलेको छ । दाई र भाउजुले मुचुल्का गरेपछि उक्त युवतीलाइ रिहा गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]