१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

परियावरण अभियानी महतो हत्याको बिरोधमा कवि गोष्ठी

Logo
प्रकाशित सोमबार, माघ ०६, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,६ माघ।अवैद्य खोला उत्खनन्को बिरोध गर्दा मारिएका धनुषाको मिथिला नगरपालिका ५ श्रीनगरका दिलिप महतोको स्मरण गर्दै आईतबार मिथिला नगरपालिकाको ढल्केबरमा कवी गोष्ठीको आयोजना गरिएको छ ।

कार्यक्रममा कवीहरुले आफ्नो साहित्यिक रचना मार्फत् हत्याको बिरोध, हत्यारालाई कार्वाही र दिलिपलाई पर्यावरण शहीद घोषणा गर्नुपर्ने बताएका छन् ।

पिछ्डा वर्ग समाज (ओबिसी) ले ‘यूवा अभियन्ताको जीन्दगानी खतरामा’ मूल नाराका साथ खुल्ला कवि गोष्ठी आयोजना गरेका हुन् ।

गोष्ठीमा विजय कुमार दास, देबानन्द सिंह, उदय राज यदुवंशी, जानकी शरण कण्ठ, मुरली प्रसाद यादब, जितेन्द्र सिंह लगायतकाले आफ्ना रचनाहरु प््रस्तुत गरेका थिए ।

पिछ्डा वर्ग समाजका केन्द्रीय अध्यक्ष रामकुमार महतोको अध्यक्षतमा गोष्ठीको आयोजना गरिएको थियो ।

मिथिला नपा ५ को श्रीपुरस्थित औरही खोलामा अवैध खोला उत्खन्नको विरोध गर्दै आएका दिलिपलाई क्रसर संचालकहरु मिलेर गत पुस २५ गते हत्या गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]