२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

अर्काे जनआन्दोलनको नेतृत्व मधेश लिन तयार ः अध्यक्ष यादव

Logo
प्रकाशित सोमबार, माघ ०६, २०७६

न्यूजमधेश सम्वादाता
बीरगंज,६ माघ।प्रदेश २ सरकारले यस पटकको बलिदानी दिवस बीरगंजमा आयोजना गरेको छ । २०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको मृत्यु भएपछि मधेश आन्दोलन शुरु भएको सम्झनामा प्रदेश सरकारले पछिल्लो बर्षदेखि बलिदानी दिवस मनाउन शुरु गरेको हो । प्रदेश सरकार बन्नुअघि मधेश केन्द्रीत दलहरुले यो दिवस मनाउँदै आएका थिए ।

प्रदेश सरकारले आईत्बार आयोजना गरेको बलिदानी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अर्काे जनआन्दोलनको आवश्यक्ता रहेको बताए । संविधान संशोधन गराएर बर्षाैदेखिको विभेद, उत्पीडन अन्त्य गराउन जनआन्दोलनको खाँचो रहेको उनले बताए ।

‘मुलुकमा अर्काे जनआन्दोलनको खाँचो छ’ अध्यक्ष यादवले भने, “मधेशले नै या जनआन्दोलनको नेतृत्व लिन्छ ।”

मधेशले जनआन्दोलनको नेतृत्व लिने र त्यसपछि जनता एकजुट भएपछि मुलुकमा परिवर्तन भएर छाड्ने उनको दावी छ ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकको संविधान अधुरो रहेको बताए । उनले मधेशी, आदिवासी, जनजाती, दलित, मुश्लिम लगायतकाले हालसम्म पनि अधिकार नपाएको बताउँदै संविधान संशोधनको आवश्यक्ता रहेको बताए ।

‘मुलुकमा संघीयता आएको छ तर त्यस अनुरु्रपको अधिकार प्रदेशलाइर्ए दिइएको छैन’ मुख्यमन्त्री राउतले भने, “अहिले पनि सबै अधिकार सिंहदरबारमै राखिएको छ ।”

मुख्यमन्त्री राउतले प्रदेश निर्माण भएपनि प्रदेशलाई कुनै किसिमको अधिकार नदिइएको गुनासो दोहो¥याए ।

प्रतिनिधी सभा सदस्य प्रदीप यादवले प्रदेशमा समाजवादी र राजपा गठबन्धनको सरकारलाई तोड्ने षड्यन्त्र भइरहेको भन्दै यसो भए जनताले कदापी माफ नगर्ने बताए ।

प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले लोकतन्त्र, संघीयता खतरामा रहेकाले सचेत भएर अघि बढ्नुपर्नेमा जोड् दिए ।

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवले मधेस आन्दोलनका एजेण्डा र सहिदका बलिदानीलाई बिर्सेर अघि बढे घातक हुने बताए ।

बीरगंजमा आयोजना गरिएको बलिदानी दिवसको कार्यक्रममा मधेस आन्दोलनमा शहीद भएका परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्दै रु २५ हजारका दरले प्रदान गरिएको थियो ।

कार्यक्रममा मधेश आन्दोलनका सहयात्री समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पुगेपनि राष्ट्रिय जनता पार्टी (राजपा) का कुनै शिर्षस्थ नेता आएनन् । राजपाको तर्फबाट प्रदेश २ का संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव सहभाभी भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल-भारत सीमा नाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमा नाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार […]

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]