२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

उँखुको भुक्तानी समयमा पाएर किसान हर्षित

Logo
प्रकाशित सोमबार, माघ ०६, २०७६

न्यूजमधेश सम्वादाता
रौतहट,६ माघ।रौतहट जिल्लाको कटहरीया नगरपालिका वडा नम्बर ९ डुमरीयामा अवस्थित बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डस्ट्रीजको क्रसिङ्ग सिजन २०७६÷०७७ शुरु भए देखि नै उँखु किसनाको भक्तानी प्रत्येक १५ दिनमा किसानको बैंक खातामा नै पठाई दिएकाले उँखु किसान हर्षित भएका छन् ।

रौतहटको डुमरियामा निजी लगानीमा संचालनमा आएको बाबा बैजुनाथ सुगर मिल्सले उखु किसानको अनुहारमा खुशी ल्याएको हो । किसानले उँखु चिनीमिलमा पु¥याएको दिन देखि १५ औ दिनमा उँखुको भुक्तानी किसानको बैंक खातामा पठाउने गरेको संचालक बैजु बाबराले बताएको छ । बैकले पोष्टीङ्ग गर्न ढिलो गरे १७ औ अथाव १८ औ दिनमा किसानको खातामा पुग्ने गरी संरचना तयार गरेको हुनाले उँखु किसान खुसि भएका बाबराले बताए ।

फतुवा विजयपुर नगरपालिका वडा नम्बर ६ सन्तपुर पेटभरवाका उँखु किसान राम इश्वर यादवका अनुसार उँखुगरुडामा रहेको श्रीराम सुगर मिल्सले वर्षाै देखि किसानहरुको भुक्तानी दिन बाँकी राखेको भुक्तानी अहिले सम्म दिएको छैन । तर पोहर साल संचालनमा आएको बाबा बैजुथान चिनीमिलले किसानहरु संग उखु खरिद गरेको दिन देखि १५ औ दिनमा नगद रकम अथाव बैंक मार्फत भुक्तानी गर्दै आएकोले हामी उँख किसान खुसि भएका छौ ।

यादवको अनुसार केहि दिन पहिलो चिनीमिलले आफ्नो दलाल मार्फत उँखु कम दरमा खरिद गरिरहेको कुरा सुनेको थिए, तर त्यस्तो देखिएन बरु प्रत्येक गाउँमा नै मिल्सको प्रतिनीधि अथाव जेटिएलाई पटाई घर–घरमा उँखुको चलान पुर्जी उपलब्ध गराएर किसानहरुलाई सहयोग गरेका छन् । यस सम्बन्धमा उद्योग मालिक बाबरा संग फोन मार्फत सम्पर्क गर्दा बाबरले भने, त्यस्तो के ही छैन, केही व्यक्तिहरुले हाम्रो चिनीमिलको नाम बदनाम गर्न यस्तो खालको प्रचार बाजी गरेको र यस्तो हुन्न नदिन विभिन्न मिडियाहरुबाट समेत उँखु किसानलाई समयमा नै सचेत गराएको कुरा बताए ।

उद्योगी बाबराका अनुसार प्रतिदिन २० हजार क्यून्टल क्रसिङ्ग गर्ने क्षमता रहेको र यस सिजनमा करिब १५ लाख देखि २० लाख क्यून्टल उँखु क्रसिङ्ग गर्ने लक्ष्य रहेको बताए । साथै अहिले सम्म करिब ३ लाख क्यूनटल उँखु क्रसिङ्ग भइसकेको र क्रसिङ्ग भएको उँखुको भुक्तानी माघ दोश्रो हप्ता सम्ममा भुक्तानी गर्ने बताउनु भयो ।

२०४९ सालमा रौतहटको गरुडामा स्थापना भएको श्रीराम सुगर मिल्सले किसानहरुको करिब ३८ करोड रुपैँया पुरानो भुक्तानी बाँकी राखेको छ । चिनिमीलले पुरानो बक्यौता रकम नदिने र समयमा सँचालन समेत नहुने जस्ता समस्या भोग्दै आएका रौतहटका किसान बाबा बैजुनाथ चिनीमिल संचालनमा आएपछि अहिले हर्षित भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]