१९ बैशाख २०८१, बुधबार
01-05-2024 , Wed
×

उँखुको भुक्तानी समयमा पाएर किसान हर्षित

Logo
प्रकाशित सोमबार, माघ ०६, २०७६

न्यूजमधेश सम्वादाता
रौतहट,६ माघ।रौतहट जिल्लाको कटहरीया नगरपालिका वडा नम्बर ९ डुमरीयामा अवस्थित बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डस्ट्रीजको क्रसिङ्ग सिजन २०७६÷०७७ शुरु भए देखि नै उँखु किसनाको भक्तानी प्रत्येक १५ दिनमा किसानको बैंक खातामा नै पठाई दिएकाले उँखु किसान हर्षित भएका छन् ।

रौतहटको डुमरियामा निजी लगानीमा संचालनमा आएको बाबा बैजुनाथ सुगर मिल्सले उखु किसानको अनुहारमा खुशी ल्याएको हो । किसानले उँखु चिनीमिलमा पु¥याएको दिन देखि १५ औ दिनमा उँखुको भुक्तानी किसानको बैंक खातामा पठाउने गरेको संचालक बैजु बाबराले बताएको छ । बैकले पोष्टीङ्ग गर्न ढिलो गरे १७ औ अथाव १८ औ दिनमा किसानको खातामा पुग्ने गरी संरचना तयार गरेको हुनाले उँखु किसान खुसि भएका बाबराले बताए ।

फतुवा विजयपुर नगरपालिका वडा नम्बर ६ सन्तपुर पेटभरवाका उँखु किसान राम इश्वर यादवका अनुसार उँखुगरुडामा रहेको श्रीराम सुगर मिल्सले वर्षाै देखि किसानहरुको भुक्तानी दिन बाँकी राखेको भुक्तानी अहिले सम्म दिएको छैन । तर पोहर साल संचालनमा आएको बाबा बैजुथान चिनीमिलले किसानहरु संग उखु खरिद गरेको दिन देखि १५ औ दिनमा नगद रकम अथाव बैंक मार्फत भुक्तानी गर्दै आएकोले हामी उँख किसान खुसि भएका छौ ।

यादवको अनुसार केहि दिन पहिलो चिनीमिलले आफ्नो दलाल मार्फत उँखु कम दरमा खरिद गरिरहेको कुरा सुनेको थिए, तर त्यस्तो देखिएन बरु प्रत्येक गाउँमा नै मिल्सको प्रतिनीधि अथाव जेटिएलाई पटाई घर–घरमा उँखुको चलान पुर्जी उपलब्ध गराएर किसानहरुलाई सहयोग गरेका छन् । यस सम्बन्धमा उद्योग मालिक बाबरा संग फोन मार्फत सम्पर्क गर्दा बाबरले भने, त्यस्तो के ही छैन, केही व्यक्तिहरुले हाम्रो चिनीमिलको नाम बदनाम गर्न यस्तो खालको प्रचार बाजी गरेको र यस्तो हुन्न नदिन विभिन्न मिडियाहरुबाट समेत उँखु किसानलाई समयमा नै सचेत गराएको कुरा बताए ।

उद्योगी बाबराका अनुसार प्रतिदिन २० हजार क्यून्टल क्रसिङ्ग गर्ने क्षमता रहेको र यस सिजनमा करिब १५ लाख देखि २० लाख क्यून्टल उँखु क्रसिङ्ग गर्ने लक्ष्य रहेको बताए । साथै अहिले सम्म करिब ३ लाख क्यूनटल उँखु क्रसिङ्ग भइसकेको र क्रसिङ्ग भएको उँखुको भुक्तानी माघ दोश्रो हप्ता सम्ममा भुक्तानी गर्ने बताउनु भयो ।

२०४९ सालमा रौतहटको गरुडामा स्थापना भएको श्रीराम सुगर मिल्सले किसानहरुको करिब ३८ करोड रुपैँया पुरानो भुक्तानी बाँकी राखेको छ । चिनिमीलले पुरानो बक्यौता रकम नदिने र समयमा सँचालन समेत नहुने जस्ता समस्या भोग्दै आएका रौतहटका किसान बाबा बैजुनाथ चिनीमिल संचालनमा आएपछि अहिले हर्षित भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।महोत्तरीको मटिहानीमा गत बुधबार आगलागीमा परेर घरबार गुमाएका आगलागीपीडितलाई हाम्रो टिम नेपाल, १०० ग्रुप, नेपाली सेना र अन्य व्यक्तिको सहयोगमा दैनिक खाना खुवाइँदै आएको छ। मुस्लिम समुदाय र धानुक, साह, मलाहसहितका जातिको बसोवास रहेको जरलहवागाछी बस्तीमा भीषण आगलागी हुँदा करिब आठ सय व्यक्ति पीडित बनेका छन्। ‘बस्तीमा खाना पकाउने भाँडाहरूसमेत छैनन्, अन्नपात जलेर सबै […]

जनकपुरधाम । गल्फ सेवा समाज संस्थाले १०४ अग्निपिडित परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् । मंगलबार महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलका गत बुधबार भएको आगलागीबाट पीडित भएका १ सय ४ जनालाई गल्फ सेवा समाजले १५ किलोको खाद्यान्न सामग्रीको प्याकेज वितरण गरेको हो। गल्फ सेवा समाज संस्थाका संस्थापक मो.जमशेद राईनले  अग्निपिडितहरुको लागि चामल ५ किलो,गहुँको पिठो […]

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपनिर्वाचनको परिणामपछि यही व्यवस्थाले २०८४ मा पनि नयाँ कुरा नहुने संकेत गरेको टिप्पणी गरेका छन् । इलाम २ मा जनमत पार्टीले ११८ मत (०.१७ प्रतिशत मत) र रास्वपाले ७.३ प्रतिशत मत ल्याएको उल्लेख गरेका छन् । डा.राउतले आफ्नो फेसबुकमा लेखेका छन्, ‘कम भए पनि, अपेक्षाभन्दा फरक चाहिँ […]