१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

डेट एक्सपाइर मधेसी नेताको पछाडी नलाग्न डा सीके राउतको आग्रह

Logo
प्रकाशित सोमबार, माघ ०६, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,६माघ।जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले डेट एक्सपाइर मधेसी नेताको पछाडी नलाग्न मधेसी जनतालाई आग्रह गरेका छन् ।

सिरहाको नवराजपुर गाउँपालिकाको सोनवर्षा चोकमा मधेस आन्दोलनको प्रथम शहिद रमेश महतोको १३ औं बलिदानी दिवसको अवसरमा जनमत पार्टीद्धारा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष डा. राउतले मधेसी नेताहरु गद्दा बनेको बताए । उनले मधेसी नेता स्वार्थमा लागेको र मन्त्री बन्ने खेलमा लागेर मधेसीको मुद्दा विर्सेको आरोप लगाए ।

डा. राउतले मधेसी नेताहरु गद्दार बनेकै कारण अमेरिका छाडेर मेचीदेखि महाकालीसम्मको भ्रमण पश्चात राजनीतिमा लागेको बताए । उनले भने, ‘म अमेरिकामा वैज्ञानिक थिए । राम्रो पैसा पनि कमाउथे । राजनीतिसँग कुनै मतलव नै थिएन । तर मधेसी जनता उत्पीडनमा परेकै कारण छाडेर राजनीतिमा लागेँ ।’

डा. राउनले मधेसी शहिदहरुको सपना जनमत पार्टीले मात्र पुरा गराउन सक्ने दावी समेत गरे । उनले जनमत पार्टी जनताको पार्टी रहेको भन्दै अधिकार प्राप्त नभएसम्म संघर्ष जारी राख्ने बताए । डा. राउतले उक्त समारोहमा शहिद महतोका बुवालाई सम्मान समेत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]