२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

आँखा अस्पतालमा सुधारको माग गर्दै,समितिद्वारा तालाबन्दी

Logo
प्रकाशित मंगलबार, माघ ०७, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,७माघ।जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा सुधारको माग गर्दै सुधार संघर्ष समितिले तालाबन्दी गरेका छन् ।कानुन विपरीत मेडिकल निर्देशकले अस्पताल सञ्चालन गरेको भन्दै संघर्ष समितिले सोमबार तलाबन्दी गरेका छन् ।

संघर्ष समितिका अध्यक्ष श्याम सुन्दर झा अनुसार नेतृत्वमा पुगेका पदाधिकारीहरुले मनोमानी अस्पताल चलाएको आरोप लगाएका छन् ।

अस्पतालको विधान अनुसार मेडिकल निर्देशक नियुक्त हुनुपर्ने, आपत्तकालिन समय बाहेक अस्पतालको प्रमुख प्रवेशद्धार खुल्ला रहनु पर्ने, नियमानुसार गैर अभ्यास पूर्णरुपमा लागु हुनुपर्ने, रिक्त स्थानको पदपूर्ति गर्दा सार्वजनिक सूचना प्रकाशन गरी प्रतिस्पर्धाको आधारमा गर्नुपर्ने, अस्पतालको सामान बाहिरबाट खरिद गर्दा नेपाल सरकारको प्रचलित आर्थिक ऐन अनुसार गर्नुपर्ने लगायतका ८ बुँदे माग गरेका छन् ।

यस्तै, अस्पताल परिसरभित्र सर्वसुलभ ढंगले देखिनेगरि नागरिक वडापत्र राख्नुपर्ने, तत्कालिन संघर्ष समिति र जानकी आँखा अस्पतालको व्यवस्थापन समिति गठन हुनुपर्ने, चेकजाँच गर्ने क्रममां औषधी र चश्माको लागि कोठा नम्बर किटान गरी सेवाग्राहीलाई वर्ग लाउने कार्य मौलिक अधिकार विपरित भएकाले अविलम्ब उक्त कार्य बन्द गरी आँखा जँचाउन आएका विरामीले स्वतन्त्र रुपले चश्मा र औषधी खरिद गर्न पाउनुपर्ने लगायतका माग समितिले जारी गरेको विज्ञप्तीमा उल्लेख रहेको छ ।

अस्पतालको अवस्था सुधारका लागि यसअघि पुस १४ गतेसमेत समितिदे विरोध स्वरुप धर्ना बसेका थिए । तर, अस्पताल प्रशासनले समितिको सबै कुरा अस्वीकार गरेका छन् । कानुन संवत नै सबै कार्य भइरहेको जनाएका छन् । अस्पतालको हितमा सर्बसहमती अनुसार अस्पताल राम्ररी चलिरहेको दावी गरेका छन् । केही बाहिरी तत्वले मात्रै हो हल्ला र निर्देशकलाई काम गर्न असहज गरेको उनीहरुको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]