०१ आश्विन २०८२, बिहिबार
18-09-2025 , Thu
×

बालिकामाथि बलात्कारको प्रयास, घटना दबाउनमा मेयरदेखी प्रहरीसम्मको संग्लता

Logo
प्रकाशित मंगलबार, माघ ०७, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,७ माघ।धनुषामा एक किशोरीमाथि बलात्कार गर्नेलाई बचाउन नगर प्रमुखदेखि प्रहरी अधिकारीसम्म लागेको खुलेको छ।

शहिदनगर नगरपालिका- ९ विर्ताकी एक १५ वर्षीया दलित किशोरी दिशा गर्न घरदेखि करिब डेढ किलोमिटर टाढा चोरामा पुगेकी थिइन्।

त्यही बेला शहिदनगर नगरपालिका(२ चोरा कोइलपुरका अकलम नदाफले समातेर प्रेम प्रस्ताव राखे। किशोरीले अस्वीकार गरिन्। त्यसपछि नदाफले जबरजस्ती करणीको प्रयास गरे। घटना शनिबार दिउँसो डेढ बजेको हो।

जबरजस्ती गर्न खोज्दा किशोरी कराउन थालिन्। किशोरी कराएर स्थानीय आएपछि नदाफ भाग्‍न सफल भए। प्रहरीका अनुसार उनको खुट्टा भाँचिएको छ।

भाग्‍ने क्रममा खुट्टा भाँचिएपछि नदाफका अभिभावकले उल्टै कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय यदुकोहामा खबर गरे। प्रहरीले विर्ताका लालकुमार सदालाई नियन्त्रणमा लियो।

किशोरीको घर पुगे पनि अभिभावक कोही नभएपछि प्रहरीलाई तत्कालै खबर गर्न सकिनन्। जब किशोरीकै छिमेकी लालकुमारलाई प्रहरीले नियन्त्रणमा लिए।

त्यसपछि घटनाको सत्य पत्ता लगाउन स्थानी जुटे। स्थानीयकै प्रयासमा बाहिरियो जर्वजस्ती करणी प्रयासको घटना। योसँगै नफादलाई जोगाउन घटनालाई मोडेर उल्टै लालकुमारलाई फसाउन लागेको रहस्य पनि खुल्यो।

पीडित किशोरीका बुवा वैदेशिक रोजगारका लागि साउदी अरेबियामा छन्। किशोरीलाई लिएर स्थानीयबासी प्रहरी कार्यालय यदुकोहा पुगे।

त्यहाँका इन्सपेक्टर दिपकबाबु केसीलाई घटनाबारे जानकारी गराएपछि लालकुमारलाई अभिभावकको जिम्मा लगाए। तर साँझ पुनः प्रहरी कार्यालयले उनलाई झिकायो। अहिले उनी प्रहरी नियन्त्रणमै छन्।

स्थानीय विनोद कुमार गोइत भन्छन्, ‘इन्सपेक्टर सा’बले सोधपुछ गरी किशोरीलाई घर पठाउनुभयो। तर उजुरी दर्ता गर्नुपर्छ पनि भन्‍नुभएन। हामीले अब जबरजस्ती करणी गर्नेलाई कारबाही हुन्छ सोचेर फर्कियौँ। तर उल्टै छाडिसकेका लालकुमारलाई पुनः नियन्त्रणमा लिएका छन्।’

इन्सपेक्टर केसीले छलफलका लागि बोलाएको बताउँदै घटनामा संलग्न ती युवकलाई कारबाहीका लागि उजुरी दर्ता गराउने बताए। तर खुट्टा भाँचेको आरोपमा लालकुमारलाई कारबाही गर्न प्रमुख उदय बरबरिया र वडाध्यक्ष जैसी भण्डारीले प्रहरीलाई दबाब दिन थालेका छन्।

स्थानीय विनोदले भने, ‘इन्सपेक्टर सा’बसँग लालकुमारलाई किन पुनः पक्राउ गरेको प्रश्‍न गरेँ। अनि उहाँले धेरै दबाब रहेको जवाफ फर्काउनुभयो।’

जबरजस्ती करणीको प्रयास गर्ने नदाफ नेकपाका कार्यकर्ता भएकोले त्यही पार्टीबाट निर्वाचित मेयर र वडाध्यक्षले प्रहरीलाई दबाब दिएको उनको भनाई छ।

इलाका प्रहरी कार्यालय यदुकोहाका इन्सपेक्टर केसीले खुट्टा भाँचेको भनेपछि लालकुमारलाई नियन्त्रणमा लिइएको बताए। उनले किशोरीले जबरजस्ती करणी प्रयास भएको जानकारी गराएको भन्दै सत्यतथ्य बुझिरहेको बताए। उनले भने, ‘पीडित किशोरी अहिले यहीँ छ। कुरा बुझ्दैछौँ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]