२२ कार्तिक २०८२, शनिबार
08-11-2025 , Sat
×

राजपाभित्र फेरि चर्कियो विवाद

Logo
प्रकाशित बुधबार, माघ ०८, २०७६

सोलिन्द्र चौधरी
काठमाडौं,८ माघ।राष्ट्रिय जनता पार्टी राजपाभित्र सरकारमा सहभागी हुने विषयमा विवाद उत्पन्न भएको छ। चार जना उपाध्यक्ष र एक जना महासचिवले मंगलबार अध्यक्ष मण्डलका संयोजक महेन्द्र यादवलाई पत्र लेख्दै सरकारमा जाने विषयमा पार्टीभित्र संस्थागत निर्णय हुनुपर्ने माग गरेका छन्।

समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि राजपा सरकारमा सहभागी हुने चर्चा चल्न थालेको छ। तर राजपाले आफूहरुको माग सम्वोधन नभएसम्म सरकारमा सहभागी नहुने जनाइरहेका बेला राजपाका चार जना उपाध्यक्ष र एक जना महासचिवले सरकारमा जाने विषयमा पार्टीभित्र संस्थागत निर्णय गर्नुपर्ने बताएका छन्।

राजपा उपाध्यक्षहरु सवेन्द्रनाथ शुक्ला, वृषेशचन्द्र लाल, गोविन्द चौधेरी र रमेशप्रसाद यादव र महासचिव विजयकुमार सिंहले मंगलबार अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवलाई पत्र लेख्दै पार्टीभित्र संस्थागत निर्णय गरेर मात्रै सरकारमा जानुपर्ने माग गरेका हुन्।

तर राजपाले भने अहिले सरकारमा जाने कुनै प्रसंग ननिस्किएको भन्दै उपाध्यक्षहरुको मागलाई बेमौसमको बाजाको संज्ञा दिएको छ। नाम उल्लेख नगर्ने शर्तमा एक नेताले भने, ‘सबै निर्णय अध्यक्षहरुले धमाधम गरेपछि उहाँहरुले आफूले स्पेस नपाएको अनुभूति गर्नु भएपछि चर्चामा आउने यी सबै काम गर्नु भएको हो।’

पार्टीभित्र वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा भएपनि भूमिका विहीन जस्तै भनेका सवेन्द्रनाथ शुक्ला र राष्ट्रियसभा सदस्यसमेत रहेका वृषेशचन्द्र लाललाई पार्टीले फेरि उम्मेद्वार नबनाएपछि रुष्ट बनेका छन्।

उपाध्यक्षको जिम्मेवारी दिने तर केही पनि भूमिका नपाएको गोविन्द चौधरी र रमेशप्रसाद यादव अनि महासचिवको पदमा रहेका विजयकुमार सिंह पनि पार्टीभित्र भूमिकाको खोजिमा थिए। तर सबै निर्णय अध्यक्ष मण्डलले नै गर्न थालेपछि आफूहरु कर्नरमा परेको उनीहरुको बुझाई छ।

राजपा सरकारमा सहभागी हुने संभावना बढिरहे पनि अहिले सरकारमा सहभागी हुने कुरालाई निकालेर उनीहरुले कार्यकर्तामा आक्रोश बढाउने काम गरेको भन्दै राजपाभित्र उनीहरुलाई कारवाही गर्नुपर्ने मागसमेत उठ्न थालेको छ।

राष्ट्रियसभा निर्वाचनमा पार्टी होमिएको बेला कार्यकर्ताको ध्यान अन्यत्र मोड्ने गरी पार्टीमा विवाद ल्याउने काम गरेको भन्दै एकथरी नेता कार्यकर्ताले उनीहरुलाई कारवाही गर्न माग गरेका छन्। अहिले अध्यक्ष मण्डलका नेताहरु राष्ट्रिय सभा निर्वाचनका लागि काठमाडौं बाहिर रहेका बेलामा चार जना उपाध्यक्ष र एक जना महासचिवले गलत प्रचार गरेको भन्दै उनीहरुलाई कारवाही गर्न माग हुन थालेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]