१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

साउदिमा मृत्युढण्डको सजाय पाएका उमेश स्वदेश फर्किए

Logo
प्रकाशित बुधबार, माघ ०८, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,८ माघ।हत्या आरोप लागेपछि खाडी मुलुक साउदी अरेबियामा मृत्युदण्डको सजाय पाएका कमला नगरपालिका ३ माची (धनुषा)का उदेश यादव नेपाल फर्किन सफल भएका छन्। साउदीमा १३ वर्ष जेल जीवन विताएका उमेश आज (बुधबार) विहान नेपाल आइपुगेका हुन्।

मृत्युदण्डको सजायबाट जोगाउन लागिपरेका अभियन्ता सरोज रायसहितका व्यक्तिहरुले उमेशलाई त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। यी अभियन्ताहरुले उमेशलाई सकुशल नेपाल फर्काउन विगत तीन बर्षदेखि लगातार अभियान चलाएका थिए।

सन् २००६ मा पाकिस्तानी नागरिक मो. लतिफ बसिरको हत्या गरेको आरोप उमेशमाथि लागेको थियो। उमेशले आपसी विवादपछि भएको झडपमा बसिरको मृत्यु भएको स्वीकारेका थिए।

तर अदालतले भने आर्थिक लेनदेन विवादमा सुतिरहेको अवस्थामा बसिरलाई उमेशले रड हानेर हत्या गरेको जिकिर गरे। सन् २०१७ मार्च १५ मा उमेशलाई ११ वर्ष कैद, ११ सय कोर्रा हान्ने र साउदीबाट निकाला गर्ने फैसला सुनायो।

जनरल कोर्टको उक्त फैसला चित्त नबुझेपछि सरकारी वकिलले पुनरावेदन अदालतमा रिट दायर गरे। पुनरावेदन अदालतले भने १५ अप्रिल २०१८ मा उमेशलाई मृत्यू दण्डको फैसला नै सुनाइदियो।

साउदी अरेबियामा ‘हरापा’ सबभन्दा कडा कानूनमध्येको एक हो। उमेशले जघन्य अपराध गरेको भन्दै हरापा कानून बमोजिम सजाय सुनाइएको थियो। हरापाबाट सजाय सुनाइएपछि ब्लडमनीले पनि बच्‍न मुस्किल हुन्छ।

अभियन्ता रायका अनुसार उमेश माफी पाएर नेपाल फर्किनुमा मृत्यु भएका पाकिस्तानी नागरिक बसिरको परिवार पनि सहयोग रहेको छ। बसिरका परिवारले पाकिस्तानी रकम ३० लाख ‘ब्लडमनी’ लिएर उमेशलाई माफी दिएका थिए। उक्त ३० लाख रुपैयाँ अभियन्ता रायले ‘उमेश बचाउ अभियान’को नाममा देशविदेशबाट संकलन गरेका थिए। अभियन्ता रायले दुई पटक पाकिस्तान पुगेर मृतक बसिरका परिवारसँग उमेशलाई दिइएको सजाय माफीका लागि आग्रह गरेका थिए।

‘नेपाल फर्केपछि उमेशले नेपाल फर्किन्छु भनेर सोचेको पनि थिएन’ अभियन्ता रायले भने, ‘कडा मेहनतपछि उहाँ फर्किनुभएको छ। अभियान सफल भएकोमा खुःशी छौं।’ मानिसले चाह्यो भने असम्भव केहि छैन भन्ने सन्देश यो अभियानले दिएको उनको भनाई छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]