२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

नेपालगन्जमा भिजिट मधेशको अन्तरक्रिया कार्यक्रम सम्पन्न

Logo
प्रकाशित बिहिबार, माघ ०९, २०७६

कुलदिप साह
जनकपुरधाम,९ माघ।भिजिट मधेस नेपाल २०२० सफल पार्न बुधबार नेपालगन्जमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

तराइ मधेसका पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा भिजिट मधेस नेपाल बर्ष २०२० मनाउन नेपालका २४ जिल्लामा थालनी सुरु गरिएको छ । नेपालका पुर्वदेखि सुरु गरिएको तराई मधेशका पर्यटकिय यात्रा नेपालगन्जमा पुगी अन्तरक्रिया कार्यक्रम गरिएको हो । बाँकेको नेपालगन्जमा गरिएको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता आशिष गुप्ताले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता जिल्ला सम्मन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले गर्नुभएको थियो ।

तराईका विभिन्न जिल्लामा पनि पर्यटकियन गन्तव्य थुप्रै रहेको हुनाले मधेस क्षेत्रमा पनि पर्यटकिय सम्भावना रहेको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले जोड दिएका थिए । यस अभियानको उद्देश्य भिजिट नेपाल २०२० लाई सफल पार्नु रहेको बताइएको छ । भिजिट मधेस नेपाल अभियानमा राज्यको कार्यमा कसरी सरल र सहज बनाउनु मुख्य उद्देश्य रहेको उनिहरुले बताएका छन् ।

भिजिट मधेस अभियानलाई सफल पार्न तराइ मधेसका २४ जिल्लाका सदरमुकाममा सरोकारवाला बीच अन्तरक्रिया थालिएको अभियानका राष्ट्रिय संयोजक ओम प्रकाश सर्राफले बताउनुभयो । तराइ मधेसका संस्कृति, भेषभुषा, रहन सहनको प्रचार प्रसार गर्न सकिए त्यसले पनि पर्यटकलाई तराइ मधेसमा भित्र्याएर यहाँको पर्यटन विकास गर्न सकिने कुरामा उहाँले जोड दिनुभयो । भिजिट मधेसको क्रममा सांस्कृतिक, धार्मिक, पर्यटकीय स्थानको प्रचारप्रसार गर्नुपर्ने अन्तरक्रियाका अधिकांश वक्ताले जोड दिएका थिए ।

तराई मधेसको फरक हावापानी, पर्यावरण, ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं प्राकृतिक सम्पदा र धरोहरहरुले पर्यटकलाई झन् आकर्षित गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।
तराई मधेसका २४ वटै जिल्लालाई जोड्ने गरी नागरिकस्तरबाट ‘भिजिट मधेस नेपाल’ अभियान दुई वर्षदेखि जारी रहेको जनाइएको छ । प्रमुख अतिथी समेत रहनुभएका जिल्ला सम्मन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवले नेपाल पर्यटन बर्ष सफल बनाउने हो भने नेपाल पहिलो डिजिटल प्लेट फर्म भिजिट मधेस रहेका उहाँले जानकारी गराउनुभयो ।

यस्तै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले भिजिट नेपाल पर्यटन बर्षलाई प्लेटफर्मको रुपमा बाँके पनि एक रहेको उहाँले बताउनुभयो । होटल व्यवसायी संघले समेत तराई मधेश यात्रालाई सघाउ पु¥याउने पर्यटन गन्तव्य मानसरोबरको प्रमुख नाका भएको हुनाले बाँकेमा प्लेट फर्म आवश्यक रहेको जिकिर गर्नुभयो । समृद्ध नेपालको लक्ष्यको लागि पर्यटनलाई उद्योगिकरण गर्न एकदमै जरुरीछ र यो प्लेटफर्मले नेपालमै पहिलोचोटी योगदान गर्ने भिजिट मधेशका ग्लोबल कोडनेटर प्रमोद राज सराफले बताउनुभयो ।

तराई–मधेशका पर्यटकीय गन्तव्य, संस्कृति, खानपान, रहनसहन, वेषभूषा एवं विशेषतालाई विभिन्न किसिमको कार्यक्रम सञ्चालन गरी राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा प्रवद्र्धन एवं चिनाउँदै अगाडि बढिरहेको छ । नेपाल सरकारले अष्ट्रेलिया, अमेरिका लगायतका देशबाट लाख पचास हजार पर्यटक ल्याउन क्यामपेन गर्नुभन्दा विश्वको दोस्रो ठुलो जनसंख्या रहेको भारतका पर्यटकलाई अकर्षित गर्ने व्यवस्थापन गरे भिजिट नेपाल २०२० सजिलै सफल हुने सहभागिहरुको जोड थियो । मंगलवार कपिलवस्तुमा तराई मधेस पर्यटकिय यात्रा अन्तरक्रिया कार्यक्रम गरिएको थियो भने बुधवार बाँकेको नेपालगन्ज र बर्दियामा गरिने आयोजकले जनाएको छ ।

यस्तै बिहीवार कैलालीको धनगढी र कन्चनपुरमा गरिने आयोजकले जनाएको छ । कार्यक्रममा भिजिट मधेसका संस्कृतिक दुत लोकस्टार रविराज शाह, नेपालगन्जका बुद्धिजिवी, समाजसेवी, नागरिक अगुवा, राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]