२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

नेपाल अवधी पत्रकार संघको अधिवेशन माघ ११ गते हुने

Logo
प्रकाशित बिहिबार, माघ ०९, २०७६

न्यूजमधेश सम्बादाता
कपिलवस्तु ,९ माघ।नेपाल अवधी पत्रकार संघ कपिलवस्तुको जिल्ला अधिवेशन हुनेभएको छ । अवधी भाषा, कला सांस्कृती संरक्षणका लागि पत्रकारीतामा क्रियाशिल पत्रकारहरुको छाता संगठनको रुपमा अघी बढदै गरेको संघको अधिवेशन हुने लागेको छ । एक दशक भन्दा पहिले गठन भएको अवधी पत्रकारहरुको छाता संगठन नेपाल अवधी पत्रकार महासंघ केन्द्रिय समितिको नेतृत्वमा जिल्ला अधिवेशन हुने बताइएको छ ।

जिल्ला अधिवेशन यही माघ ११ गते शनिबार दिउसो १ बजे कपिलवस्तुको कृष्णनगर नगरपालिकामा अवस्थित उद्योग वाणिज्य संघको सभाहलमा हुनेछ । अधिवेशनको तयारीका लागि नेपाल अवधी पत्रकार संघको नेतृत्वमा विभिन्न समिति गठन गरी अधिवेशन कार्य अगाडी बढाइएको केन्द्रिय उपाध्यक्ष सनिउल्ला धोबीले जानकारी दिनु भयो ।

नेपाल अवधी पत्रकार संघले अवधी भाषा, कला सांस्कृती संरक्षणका लागि विभिन्न समयमा काम गर्दै आएको छ । अधिवेशनका लागि अवधी सस्कृतिक झल्कीने समाग्री प्रस्तुत गरिने अंकुश श्रीवस्तावले जानकारी दिनु भयो ।
कपिलवस्तुमा अवधी पत्रकार संघमा अवद्ध पत्रकारहरु पचास जना भन्दा बढी रहेका छन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]