२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

सूचना प्रविधीको विकासले नै राष्ट्र विकसित हुन्छ : पुर्व राष्ट्रपति यादव

Logo
प्रकाशित शुक्रबार, माघ १०, २०७६

न्यूजमधेश सम्बादाता
वीरगंज,१० माघ।सूचना प्रविधीको विकासले नै राष्ट्र विकसित र नेपाली समाज समृद्ध हुन सक्ने धारणा व्यक्त गरे । उनले सूचना प्रविधीमा विकास गरेका मुलुकले फड्को मारेका चर्चा गर्दै अगामि दिनमा शिक्षा, स्वास्थय, कृषि, उद्योग,पर्यटनलगायत क्षेत्रमा सूचना प्राविधिको उच्च प्रयोग गर्नु पर्ने सरकारले माहोल सृजना गर्नु पर्ने धारणा राखेका थियो ।

पूर्व राष्ट्रपति डा. रामवरण यादवले बिहीबार वीरगंजमा पाँच दिने प्रदेश स्तरीय क्यान ईन्फोटेक मेलाको उद्घाटन गरेका छन् ।रोबोटको सहारालो उनले रिबन काटेर मेलाको उद्घाटन गरेका हुन्।

विद्यालय स्तरबाट सूचना प्रविधीवारे छात्रछात्रालाई ज्ञान दिदै भोलीको भविष्यको रुपरेखा पनि तयार गर्नु पर्ने उनले सुझाव दिए । वीरगंजको नगर सभा गृहमा आयोजना भएको कार्यक्रममा क्यान नेपालका केन्द्रीय अध्यक्ष नवराज कुँवरले नेपाल सरकारको नारा सुखी नेपाली समृद्ध नेपाल अभियान बिना सूचना प्रविधिको प्रयोग बिना सफल हुन नसक्ने विचार राखे ।

उनले कम समयमा उचित प्रविधिको उपयोग गरी नेपाललाई समृद्धि र विकासको बाटोमा डोरयायउनु पर्ने सुझाव दिए ।कार्यक्रममा बोल्दै वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले जसरी गुगल, फेसबुक, ह्वाट्सएप र युट्युबले विश्वमा सूचना प्रविधिको क्षेत्रमा क्रान्ति गरेका छन्,त्यसरीनै नेपाली विद्यार्थीहरुले नयाँ सफ्टवेयर अविस्कार गरी विश्वलाई नयाँ कुरा दिइनु पर्ने धारणा राखे।

आजको युग सूचना प्राविधिको युग भएकोले नेपाललाई पनि सूचना प्राविधि मैत्री समाज निर्माणमा यहाँका बैज्ञानिक तथा प्राविधिकहरुको सहयोगको आवश्यकता रहेको बताए । मेलामा ६० भन्दा बढि स्टल रहने र १५ भन्दा बढि कम्पनिको सहभागिता रहने जनाइएको छ ।मेलामा रोबोटिक प्रतियोगिता हुने र विभिन्न तालिम सेमिनारको माध्यमले सूचना प्राविधिको क्षेत्रको बारेमा जनचेतना जगाउने बताइएको छ।

क्यान नेपाल पर्सा जिल्ला अध्यक्ष दिपक साहको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा पर्साका पूर्ब जिल्ला विकास समिति सभापति जनार्धन सिंह क्षेत्री लगायतका वक्ताले सूचना प्राविधिले जति फाइदा गरेको त्यतिकै विकृति पनि फैलाएको भन्दै सही रुपमा उपयोग गर्न पनि आग्रह गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल(जसपा) फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्। साथै उनीहरुसँग २९ […]

काठमाडौं । संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए । ‘अध्यक्ष यो सरकारको स्थायित्वको […]

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]