२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

जानकी मन्दिरको सौन्दर्यकरणमा ढिलाई हुँदा व्यवसायी मारमा

Logo
प्रकाशित शुक्रबार, माघ १०, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१० माघ।मुख्यमन्त्री स्वच्छता अभियानअन्तरगत भइरहेको जानकी मन्दिर सौन्दर्यकरणमा ढिलाई हुँदा स्थानीय व्यवसायी मारमा परेका छन् ।विहिबार नेपाल स्वरोजगार व्यपार श्रमिक संघ जनकपुरधाम नगर कमिटीले विज्ञप्ती जारी गर्दै सौन्दर्यकरणमा ढिलाई हुँदा व्यवसायीहरु मरमा परेको जनाएका छन् ।

वर्षौदेखि जानकी मन्दिर परिसरभित्र फुल, माला, प्रसाद, अबिर, सिन्दुर र चुरी बेच्दै आएका व्यवसायीहरु सौन्दर्यकरणमा सहयोग गर्न पसल हटाएका थिए । तर, महिनौं बितिसके पनि सौन्दर्यकरण सम्पन्न हुने ठेक्केदारले कुनै छाटकाट नदेखाएको कमिटिले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

गएको पुस २२ गते सोही सम्न्धमा जिल्ला प्रशासन कार्यालय धनुषा र जनकपुरधाम उपमहानगरपालिकालाई पत्र दिँदा वेवास्ता गरेको विज्ञप्तीमा जनाइएको छ । मन्दिर परिसबाट महिनौं पहिले पसल हटाएको र ठेक्केदारले विवाहपञ्चमी पहिले काम सक्ने प्रतिबद्धता गरेपनि काम ढिलाई गरेको जनाइएको छ । व्यवसायीहरुले बाध्य भएर आज माघ १० गतेदेखि पसल पुनः सञ्चालनमा ल्याउने जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]