२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

देशमा वैकल्पिक शक्तिको आवश्यकता छ : नेता महतो

Logo
प्रकाशित शनिबार, माघ ११, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,११ माघ।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको बताएका छन् ।शुक्रबार जनकपुरधाम जेसीजको ४७ औं पद हस्तान्तरण एवं पुरुस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतोले देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको बताएका हुन् ।

देशमा काँग्रेस र क्मयूनिष्टको पार्टीले वर्षौदेखि सरकारको नेतृत्व गरे पनि जनताको अकांक्षा अनुरुप काम गर्न नसकेको भन्दै देशमा वैकल्पिक पार्टीको आवश्यकता रहेको उनले बताए । ‘देशका जनता निरास भएर विकल्पको खोजीमा छन् । विकल्पको खोजीमा देशका अधिकांश जनता छन्,’उनले भने, ‘किनभने मधेशीलाई मात्रै होईन अदिवासी, जनजाती, मुस्लिम र थारु लगायतको माग सम्बोधन भएको छैन् ।’

देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको र आँफूहरु त्यसको निर्माणमा लागेको उनको भनाई छ । काँग्रेस र क्मयूनिष्टको बराबरीमा अझ त्यो भन्दा बढी मजबुत वैकल्पिक शक्ति निर्माणको आवश्यकता उनले औल्याए । सरकारको विरोधी नरहेको भन्दै मधेशी जनताको माग सम्बोधन भए सरकारमा जाँन तयार रहेको उनले बताए ।

रेशम चौधरी र जनकपुरधामको राष्ट्रपति प्रकरण बारे बोल्दै अधिकारको आन्दोलन गर्नेलाई सरकारले जेलमा हाल्ने गरेको उनले बताए । मधेशीमाथि सरकारले पटक–पटक अत्याचार गरेको भन्दै मधेशी, थारुले आन्दोलन गर्दा जेल जाँने र प्रचण्डले १७ हजार मान्छेका हत्या गरेर प्रधानमन्त्री बनको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । ‘समग्र परिस्थितिको मूल्याङ्कन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुन्छ,’ रास्वपाका एक नेताले भने । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ […]

काठमाडौं। भारतीय जनता पार्टी (भाजपा) ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहितका विभिन्न १० देशका १८ राजनीतिक दलका प्रतिनिधिहरूलाई निम्ता दिएको छ । भाजपाका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले आज जारी गरेको विज्ञप्तिमा नेपालका पाँच दललाई समेत निम्ता गरिएको उल्लेख छ । प्रमुख दल नेपाली काँग्रेस, सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय […]