०६ पुष २०८२, सोमबार
22-12-2025 , Mon
×

अस्थायी करार र ज्यालादारी कर्मचारीलाई स्थायी गर्नुपर्छ

Logo
प्रकाशित आइतबार, माघ १९, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१९ माघ।सरकारले अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुसँग विभेद गरेको एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन् ।

अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघद्धारा जनकपुरमा आयोजित प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै वक्ताहरुले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष अर्जुन चिमोरियाले सरकारले ल्याएको नयाँ कानुन र श्रमिक ऐन पनि श्रमिकको पक्षमा नरहेको बताएका छन् ।

उनले भने, ‘श्रमिक ऐनमा कुनै कारणबस उधोग तथा प्रतिष्ठान बन्द भयो अर्थात धारासायी भयो भने उचित क्षतिपुर्ती दिएर मजदुरलाई हटाउन सकिने प्रावधान राखिएको छ । तर त्यसको सही सदुपयोग भइरहेको छैन । अहिले श्रमिकहरुलाई त्यही ऐन प्रयोग गरेर धमाधम हटाइरहेका छन् ।’

श्रमिकहरुलाई हटाएपछि श्रम कार्यालयका अधिकारी बोल्दा सरकारले कारबाही स्वरुप मन्त्रालय तान्ने र अन्यत्र सरुवा गर्ने गरेकोमा आपत्ति जनाए । उनले डरले श्रम कार्यालयका अधिकारीहरु श्रमिक हटाउने व्यावसायी र प्रतिष्ठानका अधिकारीलाई कारबाही नगर्ने गरेको पनि गुनासो पोखे । उनले सरकारले श्रमिकहरुको पक्षमा उभिनुको साटो उल्टै ज्यातदी गरिरहेको आरोप लगाए ।

यस्तै नेपाल निजामती कर्मचारी संगठन प्रदेश २ का अध्यक्ष नौतम पोखरेलले दुध दिएसम्म गाई पाल्ने र दुध दिन छाडेपछि जंगलमा छाड्ने गरेजस्तै श्रमिकमाथि व्यवहार भइरहेको टिप्पणी गरेका छन् । उनले अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुबीच नै प्रतिपस्र्धा गराएर स्थायी गर्न सरकारसँग माग गरे ।

अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश १ का संयोजक नवराज केसीले सरकारबाट नै दुःख दिने काम भइरहेको आरोप लगाए । उनले करार, अस्थायी र ज्यालादारीमा कार्यरत सरकारी कर्मचारीलाई स्थायी गर्न सरकारसँग माग गरे । उनले भने, ‘स्थायी नगरेको खण्डमा हामी अब आन्दोलन गर्न बाध्य हुन्छौं ।’

भेलाको प्रमुख अतिथिको रुपमा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनललाई निमन्त्रणा गरेको थियो । तर मन्त्री सोनल भेलामा उपस्थित भएनन् । संघकी मन्जु तिमिल्सिनाले प्रदेश सरकार पनि अस्थायी, करार र ज्यालादारी कर्मचारीको पक्षमा नरहेको बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]