१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

जनकपुरधाममा विश्वकै सबै भन्दा ठुलो सिताकी मुर्ति बनाउने

Logo
प्रकाशित मंगलबार, माघ २१, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,२१ माघ।जनकपुरधाममा विश्वकै सबै भन्दा ठुलो सिताकी मुर्ति बनाउने अवधारण लिएर एक व्यक्ति सरोकार बलासंग गृहकार्य थालेका छ।जनकपुरधाम उपमहनगरपालिका–४ घर भई हाल अमेरिकामा बस्दै आएकी काजल कर्णले रंगभुमी मैदान बाह्रविघामा सिताकी विश्कै सबै भन्दा ठुला मुर्ति बनाउने अवधरण लिएर विभिन्न निकायसंग सुझाब संकलन गरिरहेकी छिन् ।

सोमबार जानकी मन्दिरमा उनले पत्रकार साम्मेलनको आयोजना गरी सितालाई योद्धाको रुपमा चिनाउन १ सय ५१ फिटको मुर्ति बनाउने बताएकी हुन्।सिता सात वर्षकै उमेरमा धनुष उठाउँएकी दृष्य देखाउने गरी प्रतिमा बनाउने उनले जनाइन्।

उनको अनुसार गोलो अकारको पृथ्वी माथि सिता धनुषा उठाएको जस्तो देखिने र पृथ्वीको अन्य भागमा साना–साना रामायणलाई दर्शाउने मुख्य दृष्यहर देखिने छन् । पर्यटकलाई लोभ्याउन मद्दत पुग्ने र वल्र्ड गिनिज बुकमा यो ठाउँको नाम लेखाउने यस्तो अवधारण ल्याएको कर्णको भनाई छ ।

यस्को लागत बारे अन्यौल नै रहेको उनले सरकारसंग आर्थिक सहयोगको लागि मागसमेत गरेकी छिन् । सरकारले सिताको सहनशिलतालाई योद्धाको रुपमा प्रचार गर्न सहयोग गर्नु पर्ने उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]