१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

भन्सारका सुब्बा घुससहित पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ २१, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,२१ माघ।तस्करीका लागि कुख्यात जनकपुर भन्सार कार्यालयका नायब सुब्बा अहमद राजा अन्सारी घुससहित पक्राउ परेका छन् । सोमबार राति जनकपुरधाम उपमहानगरपालिका–८ पिडारी चौकमा सेवाग्राहीसंग घुस लिइरहेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश २ को कार्यालय बर्दिवासले पक्राउ गरेकोछ ।

जनकपुर भन्सार कार्यालयका प्रमुख सुकेश्वर झाका मुख्य सहयोगी भनेर चिनिने सुब्बा अन्सारीले तस्करहरुसित रकम असुलीगर्दै आएका थिए ।स्रोतहरुका अनुसार प्रमुख झाकै निर्देशनमा अन्सारीले १ लाख ५० हजार घुस रकम ल्याउन पिडारी चोक पुगेका थिए ।विशेष सुचनाको अधारमा त्यहाँ रहेका अख्तियारको बर्दिवास टोलीले उनलाई पक्राउ गरेका हुन् ।

भारतबाट भन्सार छलेर मालसमानहरु भित्र्याउन सहज वातावरण बनाइदिन कार्यालय प्रमुख झाको निर्देशनमा घुस मागेको र त्यो लिन नै त्यहाँ पुगेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]