०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

बीपीएल प्रतियोगिता बीरगंज स्टार्सले जिते

Logo
प्रकाशित मंगलबार, माघ २१, २०७६

न्यूजमधेश सम्बादाता
वीरगंज,२१ माघ।बीरगंज प्रिमियर लिग (बि.पि.एल) टि–२० क्रिकेट प्रतियोगिता विरगंज स्टार्सले जितेको छ।सोमबार भएको फाईनल खेलमा वीरगंज स्टार्सलेले सिंह ११ लाई चार विकेटले पराजित गरेको छ।

पहिलो पालीमा सिंह ११ ले बनाएको १४० रनको लक्ष्य वीरगंज स्टारले ६ विकेट गुमाएर भेटाए।विजेता टोलीलाई २ लाख ५० हजार नगद सहित ट्रफी प्रदान गरिएको थियो।द्धितिय हुने सिंह–११ लाई नगद १ लाख ८० हजार सहित ट्रफी प्रदान गरिएको थियो।विजेता खेलाडीहरुलाई प्रदेश २ को सामाजिक मन्त्रि नवल किशोर साहले प्रथम र दृत्तिय हुने टोलीका खेलाडीलाई मेडल लगाएर ट्रफी र नगद प्रदान गरेका थिए।

हासिम हवारीको अध्यक्षतामा भएको प्रथम पटक बि.पि.एल क्रिकेट प्रतियोगिता नारायणी रंगशालामा निरन्तर रुपमा प्रत्येक वर्ष खेल हुने उनले बताए।बि.पि.एलको सञ्चालन राजुल अन्सारीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]