२७ माघ २०८२, मंगलबार
10-02-2026 , Tue
×

उच्च अदालतद्वारा आलमलाई थुनामा राख्ने जिल्लाकै आदेश सदर

Logo
प्रकाशित शुक्रबार, माघ २४, २०७६

न्यूजमधेश सम्बादाता
रौतहट,२४ माघ।उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले रौतहटको सामूहिक हत्याकाण्डका मुख्य आरोपी पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई थुनामा राख्ने जिल्लाकै आदेशलाई सदर गरेको छ।

अस्थायी इजलास वीरगगञ्जका न्यायाधीश डिल्लीराज आचार्य र सत्यमोहन जोशी थारुको संयुक्त इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा नै राख्ने रौतहट जिल्ला अदालतको आदेश सदर गरेको हो।

२९ कात्तिकमा रौतहत जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

जिल्लाको आदेशपछि आलम पुर्पक्षका लागि नख्खुस्थित कारागारमा रहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]