२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

थुनुवा छुटाइदिन्छु भन्दै ४२ लाख घुस लिने वकिल पक्राउ

Logo
प्रकाशित शुक्रबार, माघ २४, २०७६

न्यूजमधेश सम्बादाता
काठमाण्डु,२४माघ।राजस्व चुहावटमा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका व्यक्तिलाई जेलमुक्त गरिदिने भन्दै परिवारबाट घुस लिएको आरोपमा एक जना वकिल पक्राउ परेका छन् ।

नख्खु कारागारमा राजस्व चुहावटको मुद्दामा जेल भुक्तान गरिरहेका रमेश दाहाललाई भनसुन गरेर छुटाइदिन्छु भन्दै परिवारबाट ४२ लाख घुस लिएको आरोपमा अधिवक्ता टंकबहादुर रानामगर पक्राउ परेका हुन् । दाहालसँग अदालतले २ करोड २५ लाख धरौटी माग गरेको थियो । उनी धरौटी नतिरी कैद भुक्तान गरिरहेका व्यक्ति हुन् ।

अधिवक्ता रानामगरले माइतीघरमा रहेको जन न्यायिक कानूनी सेवा नामको फर्मबाट सीआईबीको टोलीले पक्राउ गरेको हो।

वकिल रानामगरले दाहाललाई जग्गा धितो राखी सेटिङ् मिलाई जमानतमा छुटाई दिने भनेर दाहालको बुवा तिर्थ राज दाहालबाट घुस लिएका थिए। उनले तिर्थराजबाट करारनामाको कागज समेत गरी रु. ४२ लाख लिई ठगी गरेको उजुरीपेरको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राईले पार्टीको नाम जसपा मात्र राखेर पार्टी दर्ता गराएका हुन् । श्रेष्ठसहित जसपा […]

जनकपुरधाम ।मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएको जसपा नेपाल संसदीय दलको बैठकमा जनमत पार्टीले अवरुद्ध गर्दै आइरहेको प्रदेशसभा बैठक सञ्चालन गर्न पहल गर्ने सहमति भएको प्रदेश सांसद रामअशिष यादवले बताए […]

काठमाडौं । जनमत पार्टीले विदेशमा रहेका नेपालीहरुलाई आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ । पार्टीका अध्यक्ष डा.सीके राउतले मंगलबार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै प्रवासी नेपालीहरुलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरु गर्न आग्रह गरेका छन् । ‘प्रवासी नेपालीहरूले गर्दा वार्षिक झण्डै १५ खर्ब विप्रेषण आय प्राप्त हुने गरेको […]