२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

जेष्ठ नागरिक तथा पूर्ण अपांगहरुलाइ मन्त्री सोनल द्धारा सम्मान

Logo
प्रकाशित आइतबार, माघ २६, २०७६

न्यूजमधेश सम्बादाता
कलैया, २६ माघ ।परवानीपुर गाउपालिका द्वारा आयोजित जेष्ठ नागरिक तथा पूर्ण अपांगहरुलाइ सम्मान गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि प्रदेश २ को भौतिक पुर्बाधार बिकास मन्त्री जितेन्द्र सोनल द्वारा जेष्ठ नागरिक लाई हर्लिस , हटकेस र कम्बल वितरण गरि सम्मान गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोनलले समाजमा अहिलेपनि जेष्ठ नागरिक, आपाङहरुलाई हेर्ने दृष्टिकोण निकै नै फरक रहेको हुदा उनीहरुलाई पनि असल नागरिक सरह ब्यवहार गर्नुपर्ने धारणा ब्यक्त गरे । जेष्ठ नागरिक, आपाङहरुलाई मायाको खाचो उचिकै रहेको हुदा माया गर्नुपर्ने धारणा बयक्त गर्नुगरेका थिए।

सोहि कार्यक्रमलाई सम्बोधन गर्दै संघिय साँसद एकबाल मिया अगामी बजेटमा जेष्ठ नागरिक र अपाङका लागि बजेट छुटयाउने बताउदै उनीहरुको मान सम्मानका लागि आफु लागी पर्ने कुरामा जोड दिए ।

प्रसौनी गाएपालिकाका .अध्यक्ष भोला प्रसाद गुप्ता , नेपाल बार एसोसिएसन उपाध्यक्ष रामचन्द्र सिंह , नेकपा नेता अमर यादव ,नेका नेता शिव शंकर पटेल ,राजपा नेता सिताराम गुप्ता परवानीपुर गाउपालिका को उपाध्यक्ष सावित्री देवि लगायतकाले आफनो बिचार ब्यतm थिए।परवानीपुर गाँउपालिकाका अध्यक्ष हरिनायरण साहको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ‌। मधेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई सेवाग्राही बनेर महोत्तरीको जलेश्वरस्थित घरेलु कार्यालयको निरीक्षण गरेका छन् । कर्मचारीले काममा ढिलासुस्ती र घुस माग्ने गरेको गुनासो सेवाग्राहीबाट आएपछि मन्त्री भट्टराई निरीक्षणका लागि १० बजेर ९ मिनेटमै घरेलु कार्यालय पुगे । उनी कार्यालयमा प्रवेश गर्दा एक जना सहयोगी (कास) मात्र थिए । उनले कार्यालय […]

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले तत्काल सरकारबाट समर्थन कायमै राख्ने भएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जसपाका अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन कायम रहने बताएका हुन् । आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताएका […]

जनकपुरधाम ।सप्तरीमा जनता समाजवादी पार्टी (जसपा) नेपालसहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेता तथा महिला नेतृ जनमत प्रवेश गरेकी छिन् । जिल्लाको कंचनरुप नगरपालिका-१० बदगामा र भोडहाका दुई दर्जनभन्दा बढी नेता तथा महिला नेतृहरु जनमत पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा अमला देवी गुप्ता ,जगिरा खातुन,अफसना खातुन ,रिना देवी मुखिया,कोपिला कुमारी मुखिया ,सुलेखा […]