२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

मुस्लिम जनमत संघ सिरहा गठन

Logo
प्रकाशित आइतबार, माघ २६, २०७६

न्यूजमधेश सम्बादाता
सिरहा,२६ माघ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन मुस्लिम जनमत संघ सिरहा गठन भएको छ।

शनिबार एक कार्यक्रमको विच जनमत पार्टीका केन्द्रिय सदस्य तथा सिरहा जिल्ला इन्चार्ज राजकुमार यादव ( त्यागी बाबा) को प्रमुख आतिथ्यमा मोहम्मद मेहरे आलमको अध्यक्षतामा १७ सदस्य मुस्लिम जनमत संघ सिरहा गठन भएको युवा नेता पंकच सिंहले जानकारी दिनुभयो।

मुस्लिम जनमत संघका उपाध्यक्षमा मो.अजमत अलि,
जमन राईन,सञ्चार प्रमुख मो. सुमान मिया र सञ्चार उप- प्रमुख मो. ईजराइल अनसारी रहेको छ।

त्यसगैरी गुलचन खातुन,मो.सनाउल, मो.कलिम राइन,मो. भुलकी ,मो. अकबर मिया,मो.ताहिर,मो.अलहेसन अली,मो.ईनुस आलम,मो.मोजाहिर,अताबुल रहमान ,ताहिर राईन र मजिबुल हुसेनलगाइतका व्यक्तिहरुले संघको सदस्यमा रहेको छ।

सो कार्यक्रममा जनमत पार्टी सिरहाका संचार विभाग प्रमुख रंजित यादव,विद्यार्थी जनमत संघ सिरहाका अध्यक्ष विद्यार्थी नेता अरबिद सहनीको समेत उपस्थित रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल-भारत सीमा नाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमा नाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार […]

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]