०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

गैर आवासीय मधेशी संघ साऊदीको रास्तनुरामा क्षेत्रीय समिति विस्तार

Logo
प्रकाशित आइतबार, माघ २६, २०७६

जोगिन्द्र मण्डल
साउदी,२६ माघ।बिश्व भरी छरिएर रहेका मधेशीहरूको छाता संगठन गैर आवासीय मधेशी संघ साऊदी अरबले रास्तनुरामा क्षेत्रीय समिति बिस्तार गरेको छ।

गत शुक्रबार संघको साउदी अध्यक्ष निर्मल मण्डल र सह अध्यक्ष उपेन्द्र अधिकारीका उपस्थितिमा जनार्धन यादबको अध्यतामा ११ सदस्य क्षेत्रिय समिति चयन गरेको छ।समितिको उपाध्यक्षमा मनोज कुमार साह र सचिवमा अमित कुमार साहलाई चयन गरेको छ।

त्यस्तै सचिवमा जिबछ कामती,कोषाध्यक्षमा राम बिश्वास यादब,स-कोषाध्यक्षमा बिरेन्द्व यादब रहेका छन भने सदस्यहरुमा संतोष कामती,श्याम बाबु कामती,अरबिन्द यादब,राजेश यादब र दिपक बिलिया रहेका छन।

समितिका अध्यक्ष मण्डलले संस्थाको अनुशासन र काम कर्तव्यको बारेमा जानकारी गराएका थिए।साऊदीमा रहेका हरेका मधेशी हरू समक्ष यो संस्था पुग्ने लक्ष्यका साथ संस्थाले अनेकौ कम्पनीहरूमा समिति गठन गर्दै संस्था लाई मधेशीहरुको हकहित मा काम गर्दै आइरहेका छन।
सह अध्यक्ष अधिकारी उपेन्दर का अनुसार साऊदी अरबमा मधेशीहरुको अभिभावकत्व को भूमिका मा संस्था ले काम गर्दै जाने छ।

कार्यक्रम नासर अल हाजरी कम्पनी मा रहेको थियो।उक्त कार्यक्रम मा प्रवक्ता आयुब कबारी र के.सदस्य गरभु महरा को समेत उपस्थिति रहेको थियो।कार्यक्रम दर्जनौ मधेशीहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

गैर आवासीय मधेशी संघ अंतराष्ट्रिय समितिका अध्यक्ष बसन्त कुमार कुशवाहा का अनुसार यो संस्था बिश्व भरि तिब्र रूपले अगाडि बढ्दै गईरहेको छ।यस संस्था आबद्ध हुन आग्रह समेत गरेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]