१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

आजदेखि जनकपुरमा दोस्रो बेटी सम्मेलन

Logo
प्रकाशित सोमबार, माघ २७, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,२७ माघ।प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा सोमवारदेखि बेटी सम्मेलन हुने भएको छ । ‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ मुल नाराका साथ जनकपुरमा दोस्रो बेटी सम्मेलन हुन लागेको हो ।

मुलधार महिला सेवा केन्द्र उदयपुरको आयोजनामा सोमवार जनकपुरको मशाला कटेजमा सुरु हुने दोस्रो बेटी सम्मेलन तीन दिनसम्म चल्नेछ । सम्मेलनबारे जानकारी आईतवार साँझ पत्रकार सम्मेलन गरी केन्द्रकी अध्यक्ष नजवुल खानले जानकारी गराइन् ।

सम्मेलनको उद्घाटन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गर्ने कार्यक्रम रहेको छ । केन्द्रकी अध्यक्ष खानले छोरीको हितका लागि योगदान पुर्याएका विभिन्न क्षेत्रका १५ जनालाई सम्मान गरिने जानकारी दिइन् । सम्मेलनमा मुख्यमन्त्री राउत, कानून मन्त्री ज्ञानेन्द्र यादब, मोडल तथा नेतृ पुष्पा यादब, बहादुर छोरी तथा एसिड पीडित मुस्कान खातुन सहितलाई सम्मान गरिनेछ ।

सम्मेलनमा छोरीहरुको शिक्षा, स्वास्थ्य, सहभागिता र आत्मानिर्भरताको मुद्दाहरुलाई उठान गरी सात वटै प्रदेशमा महिला अंकित स्तम्भ निर्माण गर्ने लक्ष्य रहेको केन्द्रकी अध्यक्ष खानले जानकारी दिइन् । उनले प्रदेश २ ले हरेक क्षेत्रमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गर्न लागेको जस्तै अन्य प्रदेशहरुले पनि गर्नुपर्ने माग गरिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]