२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

डेढ करोड लगानीमा पानी उद्योग सञ्चालन

Logo
प्रकाशित सोमबार, माघ २७, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,२७ माघ।जनकपुरधाममा करिव डेढ करोड लगानी गरी एक व्यवसायीले शुद्ध पिउने पानी उद्योग सञ्चालनमा ल्याएको छ।जनकपुरधाम उपमहानगरपालिका–१३ कर्वड हल स्थित व्यवसायी सुमन्थ कर्णले अनुमानित डेढ करोड लगानी गरी पानी उद्योग सञ्चालनमा ल्याएका हुन् ।

आइतबार प्रदेश सरकारका उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले विभा बेभरेजस् कम्पनीद्धारा उत्पादित भोडा नामको पानी उद्योग उद्घाटन गरेका हुन् । व्यवसायी कर्णले नयाँ प्रविधि प्रयोग गरी शुद्ध पिउने पानी उत्पादन गर्न लागेको जनाए । उनको अनुसार पानी उद्योगका लागि रु ८० लाख मूल्य बराबरको मेसिन, रु ३० लाखको लागतमा घर निर्माण र अन्य खर्च गरी एक करोड ३० लाख लागत लागेको छ ।

जनकपुरधाम प्रदेश राजधानी भएपछि पानीको माग बढे अनुसार कर्णले भोडा नामको गुणस्तरीय शुद्ध पिउने पानी बजारमा ल्याएका ह्न् । ‘युवा वर्ग बिदेस पलायन हुने क्रम बढ्दो छ,’ उनले भने, ‘तर, स्वदेशमा पनि प्रशस्त सम्भावना छ । केही गर्ने हो भने प्रशस्त सम्भावना र लगानीका स्रोत छन् ।’

‘श्रम बेचेर हैन, श्रम गरेर समृद्ध हुन्छ’

उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले पानी उद्योगको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मानिसले श्रम बेचेर समृद्ध हुन नसक्ने बताएका छन् । बढ्दो वैदेशिक रोजगारीप्रति कटाक्छ गदै मन्त्री मण्डलले श्रम बेचेर समृद्ध हैन, श्रम गरेर मात्र समृद्ध हुने बताए । ‘मानिस श्रम बेचेर कहिले पनि समृद्धि हुन सक्दैनन्,’ उनले भने,‘समृद्ध बन्नको लागि श्रम गर्नु पर्छ । त्यो स्वदेशमै सम्भव छ ।’

विगतमा विश्व युद्ध जमिण र तेलको लागि भएको भन्दै अवको लडाई पानीको लागि हुने उनले बताए । स्वस्थ जीवनका लागि शुद्ध पिउने पानीको आवश्यकता औल्याउँदै बजारमा अझै शुद्ध पिउने पानी अभाव रहेको उनले बताए । उद्योग क्षेत्रमा युवाको सक्रियता उदाहरणीय रहेको भन्दै प्रदेश सरकार उद्योगीहरुलाई सहयोग गर्न तयार रहेको वाचा गरे । उद्योग स्थापना एवं पर्वद्धनमा प्रदेश सरकारले ल्याएको व्यवस्था बारे चर्चा गर्दै उद्यागीले प्रयोग भएको बोतल पुनः प्रयोगमा ल्याउने नीति ल्याउन उनले सुझाए ।

‘पानीको बोतलले सहर फोहर देखिन्छ । यसलाई नीति बनाएर नियन्त्रण गर्न सकिन्छ,’उनले भने, ‘नीतिले हरेका कुरा सम्भव छ । प्रयोग भएको पानीको बोतल पुनः प्रयोग गर्न नीति ल्याउनु पर्छ ।’ प्रदेश सरकारले उद्योग, पर्यटन र कृषिमा जोड दिएको उल्लेख गर्दै प्रदेशलाई उद्योगको हब बनाउने उनले बताए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा। नयाँ शैक्षिक सत्र २०८१ सँगै सिरहा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियान सुरु गरेको छ । जस अन्तर्गत विद्यार्थी भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने, नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा लिई भर्ना गराउने, प्रत्येक कक्षामा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयबाट प्रोत्साहनस्वरुप पुरस्कार व्यवस्था गर्ने र पोसाक प्रदान गर्नेजस्ता काम थालेको हो । त्यसैगरी, […]

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राईले पार्टीको नाम जसपा मात्र राखेर पार्टी दर्ता गराएका हुन् । श्रेष्ठसहित जसपा […]

जनकपुरधाम ।मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएको जसपा नेपाल संसदीय दलको बैठकमा जनमत पार्टीले अवरुद्ध गर्दै आइरहेको प्रदेशसभा बैठक सञ्चालन गर्न पहल गर्ने सहमति भएको प्रदेश सांसद रामअशिष यादवले बताए […]