२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव छैन् : डा. सीके राउत

Logo
प्रकाशित सोमबार, माघ २७, २०७६

न्यूजमधेश सम्बादाता
जलेश्वर ,२७ माघ।जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफू राजनीतिमा कुनै रहरले नभएर परिस्थितिले उब्जाएको समस्याका कारण आएको बताएका छन् ।

 

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा जनमत पार्टीले सोमबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै डा. राउतले सो कुरा बताएका हुन् ।

आमसभालाई सम्बोधन गर्दै डा. राउतले मधेशका समस्याहरु अहिले पनि ज्युको त्यँहु रहेकोले राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव नहुने भएपछि आफू राजनीतिमा प्रवेश गरेको बताए ।

मुलुकको राष्ट्रपति, उपराष्ट्रपति, गृहमन्त्री, बिदेश मन्त्रीसमेत मधेशी नै रहेको बेला मधेशको समस्या समाधान नभएको र मधेश आन्दोलनको नाममा ५४ जनालाई सहिद बनाएर आफूलाई मधेश केन्द्रित दल भन्ने पार्टीहरुले सत्ताका लागि मात्र राजनीति गरिरहेको आरोप समेत उनले लगाए ।

समृद्ध मधेशको परिकल्पनालाई साकार गर्न र सम्पूर्ण मधेशीको अधिकार सुनिश्चित गराउन जनमत पार्टीको जन्म भएको उनको दाबी छ ।उनले कुनै पनि विकासीय कार्य गर्न व्यक्तिगत रुपले नभएर राजनीतिक ढंगले मात्र सम्भव हुने भएकोले राजनीतिमा आफू होमिएको समेत जिकरि गरेका थियो।

अहिले कुनै पनि विकासीय कार्यका लागि कमिशन बिना काम नहुने भन्दै राजनीतिको खोल ओढेर मधेशलाई जरजर अवस्था पु¥याउने मधेशी नेताहरुको बास्तविक रुप जनता माँझ नाङ्गिसकेकोले जनताको सबै आकांक्षा र विश्वास जनमत पार्टीले पुरा गर्ने उनको भनाई छ ।

एक अर्को प्रसङ्गमा डा. राउतले आफूले कुनै व्यक्तिसँग सम्झौता नगरे नेपालको सर्वोच्च निकायसँग लुकाएर होइन् जनतालाई देखाएर सार्वजनिक रुपमा सम्झौता गरेको बताए ।

राजपाले मधेशी जनताको भावना विपरीत लुकाएर सरकारसँग सम्झौता गरि आफ्ना नेताहरुलाई राष्ट्रिसभामा पु¥याएको आरोप लगाउँदै उनले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारम्वार सत्तामा गएर आफ्नो स्वार्थ मात्र पुरा गरेको आरोप लगाए ।

जनमत पार्टीका केन्द्रिय सदस्य तथा महोत्तरी जिल्ला इन्चार्ज संजय यादवको अध्यक्षतामा भएको आमसभामा गैर आवासीय मधेशी संघ कतारको अध्यक्ष शम्भु नाथ साह,जनमत पार्टीका केन्द्रिय सदस्य अब्दुल खान,ईन्द्रजित यादवलगाइत नेताहरुको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]