२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

सकियो मुश्लिम धार्मिक सम्मेलन, तीन जनाको मृत्यु

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०६, २०७६

न्यूजमधेश सम्बादाता
राजविराज,६ फाल्गुण।सप्तरी जीलाको बोदे बरसाईन नगरपालिकामा संचालन गरिएको धार्मिक मुश्लिम सभा सोमबार सम्पन्न भएको छ ।

सम्मेलनमा नेपाल र भारतबाट आएका १५ लाखभन्दा बढी मुसलमानले एकसाथ नवाज पढेका छन् । उनीहरुले शान्तिका निम्ति प्रार्थना समेत गरेको आयोजकले जनाएको छ ।

सम्मेलनमा मौलाना हजरत साद साहेबले प्रवचन दिएका थिए । भारतको दिल्लीबाट आएका उनी विश्व जमातका अध्यक्ष हुन् । उनको प्रवचन सुन्न र आशिर्वाद थाप्न सहभागीहरु उल्लेख्य संख्यामा आएका थिए ।

धर्मिक सभा सकिए लगत्तै सोमबार सप्तरीका अधिकांस सडकमा ट्राफिक जाम भएको थियो । सहभागीहरु आएको बस, जीप, ट्याक्टरसहितका सबारीसाधन आ–आफ्नो गन्तव्यतर्फ जान लाग्दा सबै सडकमा भिंड देखिएको थियो । सप्तरी खण्डको पूर्व पश्चिम राजमार्गमा समेत अत्यधिक भींड हुँदा सबारीसाधनलाई चल्न समस्या भएको थियो ।

शनिबारदेखि प्रारम्भ भएको धार्मिक सभा खड्ग नदीको किनारमा आयोजना गरिएको थियो । दुई देशबाहेकका देशबाट समेत सहभागीलाई बोलाइएको भन्दै गृहमन्त्रालयले बिहीबार सभा संचानमा रोक लगाएको थियो । तर, आयोजकले उनीहरुलाई पठाइदिने बताएपछि सरकारले पुनः संचालन गर्न अनुमति दिएको थियो ।

सभामा पाकिस्तान, कुवेत, साउदी अरब, बंगलादेशसहितका देशबाट समेत सहभागी आएका थिए ।

यसैबीच आयोजना गरिएको इस्लामिक धार्मिक सम्मेलनमा सहभागी हुन आएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुई जना भारतीयको र एक जना नेपाली मुसलमानको हृदयघात भएर मृत्यु भएको छ ।

सप्तरी प्रहरीका अनुसार भारतको बिहारका दुई जनाको हृदयघात भएर मृत्यु भएको छ । बिहारको मोतिहारीका ७४ वर्षीय हारुन रसिक, बिहारकै भुतहा बेतीयाका ६२ वर्षीय नेक मोहम्दको मृत्यु भएको छ ।

यस्तै, सप्तरीकै खड्ग नगरपालिकाका एक व्यक्तिको समेत मृत्यु भएको छ । उनको नाम खुल्न सकेको छैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]