२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

ब्राउनसुगर सहित २ युवा पक्राउ

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०६, २०७६

न्यूजमधेश सम्बादाता
सिरहा,६ फाल्गुण। इलाका प्रहरी कार्यालय गोलबजारले लागु पदार्थ ब्राउन सुगर सहित दुई युवालाई पक्राउ गरेको छ।गोलबजार नगरपालीका ७ चोहर्वाबाट प्रहरीले करिव ३० पोकाका ३ ग्राम ब्राउनसुगर सहित कारोवारी २५ वर्षिय कृष्ण यादवलाई घरैबाट सोमबार नियन्त्रणमा लिएको हो।

विशेष सुराकीको आधारमा पुगेका प्रहरी टोलीले यादवको घरबाटै यादव र सोही ठाउँका २० वर्षिय प्रवेश महतोलाई पनि नियन्त्रणमा लिएको छ।प्रहरीले उनीहरुलाई आजै जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान जारी राखेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर जनक पुरीले जानकारी दिए।

प्रहरीले उनीहरुको साथबाट १५ हजार ९ सय ७५ रुपैयाँ नगद सहित विभिन्न ब्राण्डका ७ वटा मोवाइलपनि बरामद गरेको छ।गोलबजार प्रहरीलेमात्रै चालु आर्थिक वर्ष ०७६÷७७ मा ब्राउन सुगरका १४ मुदामा ३१ ज्नामाथि मुद्दा चलाएको छ।उनीहरुको साथबाट २६ ग्राम २ सय ५५ मिलि ग्राम ब्राउसुगर बरामद गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । ‘समग्र परिस्थितिको मूल्याङ्कन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुन्छ,’ रास्वपाका एक नेताले भने । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ […]

काठमाडौं। भारतीय जनता पार्टी (भाजपा) ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहितका विभिन्न १० देशका १८ राजनीतिक दलका प्रतिनिधिहरूलाई निम्ता दिएको छ । भाजपाका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले आज जारी गरेको विज्ञप्तिमा नेपालका पाँच दललाई समेत निम्ता गरिएको उल्लेख छ । प्रमुख दल नेपाली काँग्रेस, सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय […]