२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

एनआईसी एशिया बैंकको नयाँ शाखा धनुषाधाममा सञ्चालन

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०६, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,६ फाल्गुण। एनआईसी एशिया बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–३ स्थित धनुषाधाममा नयाँ शाखा कार्यालय स्थापना गरि बैंकिङ्ग करोबार सुचारु भएको छ।

ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै यस बैंकले उक्त शाखा कार्यालयको २०७६ फागुन ६ गते औपचारिक रुपमा समुद्घाटन कार्यक्रम सम्पन्न गरेको हो ।

सोही नगरपालिकाका मेयर बालेश्वर मण्डलबाट आज एक समारोहका बीच उक्त शाखाको समुद्घाटन सु–सम्पन्न भएको बैंकले जनाएको छ । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज, सरल हुने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४४४ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रूपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल(जसपा) फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्। साथै उनीहरुसँग २९ […]

काठमाडौं । संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए । ‘अध्यक्ष यो सरकारको स्थायित्वको […]

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]