२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

जनमत पार्टी संगठन विस्तारमा तिव्रता दिदै

Logo
प्रकाशित बुधबार, फाल्गुण ०७, २०७६

न्यूजमधेश सम्बादाता
राजविराज,७फाल्गुण।सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ९ मा जनमत पार्टीको वडा एकाइ तदर्थ समिति, वडा स्तरिय महिला जनमत संघका तदर्थ समिति र युवा जनमत संघका तदर्थ समिति गठन गरिएको छ ।

राजविराज नगरपालिका वडा नम्बर ९ मलेठ स्थित मंगलवार आयोजना गरिएको एक कार्यक्रम बिच वडा एकाई तदर्थ समितिका संयोजकमा ई. हरिनारायण यादव, वडा स्तरिय महिला जनमत संघका संयोजकमा ईश्वरी देवी खंग र युवा जनमत संघका संयोजकमा रामचन्द्र यादवलाई चयन गरिएको छ ।

वडा एकाई तदर्थ समितिको उपाध्यक्षमा अरविन्द मण्डल, सचिवमा किसुनदेव महतो, सह सचिवमा विन्दु प्रसाद राम, कोषाध्यक्षमा श्याम प्रसाद महतो रहेका छन् । यसै गरी सदस्यमा कपलेश्वर खंग, मो. राजाबुदिन, मिना दास, भोगीलाल यादव, अमर यादव, रिकेश दास, शंकर यादव, मुसहरु मण्डल, मुसहरु दास, रामकुमार यादवलगायतका व्यक्तिहरु रहेका छन् ।

त्यसै गरी वडा स्तरिय महिला जनमत संघका उपाध्यक्षमा सुकनी देवी खंग, सचिवमा राजकुमारी नोनिया, सह सचिवमा मंजु देवी नोनिया, कोषाध्यक्षमा श्यामवती देवी खंगलाई चयन गरिएको छ । बसली देवी, सतोलिया देवी खंग, सरिता देवी खंग, सुकमैर देवी, रामरति देवी, पल्टि देवी, रामकुमारी देवी, दियावती देवी, तारा देवी, माला देवी नौनियार लगायत २१ जना सदस्यमा रहेकी छिन् ।

युवा जनमत संघको उपाध्यक्षमा भोला नोनियार, सचिवमा सुनिल साह, सह सचिवमा रुपेश यादव, कोषाध्यक्षमा दिपनारायण साह रहेका छन् भने सदस्यमा धर्मेन्द्र यादव, रन्जित यादव, अर्जुन शर्मा, विन्दु राम, अमर प्रसाद यादव, दिपक यादव, मनोज कुमार यादवलगायतका व्यक्तिहरु रहेका छन् ।

जनमत पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीका इन्चार्ज सुरेन्द्र मधेशीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा जनमत पार्टी सप्तरीका सदस्य तथा विष्णुपुर गाउँपालिकाका सचिव महेश प्रसाद यादवको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य युवा जनमत संघ सप्तरीका संयोजक मनोज यादवले गरे भने, कार्यक्रम सञ्चालन जनमत पार्टी सप्तरीका सदस्य सञ्जय मधेशीले गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]