२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

जनमत पार्टी संगठन विस्तारमा तिव्रता दिदै

Logo
प्रकाशित बुधबार, फाल्गुण ०७, २०७६

न्यूजमधेश सम्बादाता
राजविराज,७फाल्गुण।सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ९ मा जनमत पार्टीको वडा एकाइ तदर्थ समिति, वडा स्तरिय महिला जनमत संघका तदर्थ समिति र युवा जनमत संघका तदर्थ समिति गठन गरिएको छ ।

राजविराज नगरपालिका वडा नम्बर ९ मलेठ स्थित मंगलवार आयोजना गरिएको एक कार्यक्रम बिच वडा एकाई तदर्थ समितिका संयोजकमा ई. हरिनारायण यादव, वडा स्तरिय महिला जनमत संघका संयोजकमा ईश्वरी देवी खंग र युवा जनमत संघका संयोजकमा रामचन्द्र यादवलाई चयन गरिएको छ ।

वडा एकाई तदर्थ समितिको उपाध्यक्षमा अरविन्द मण्डल, सचिवमा किसुनदेव महतो, सह सचिवमा विन्दु प्रसाद राम, कोषाध्यक्षमा श्याम प्रसाद महतो रहेका छन् । यसै गरी सदस्यमा कपलेश्वर खंग, मो. राजाबुदिन, मिना दास, भोगीलाल यादव, अमर यादव, रिकेश दास, शंकर यादव, मुसहरु मण्डल, मुसहरु दास, रामकुमार यादवलगायतका व्यक्तिहरु रहेका छन् ।

त्यसै गरी वडा स्तरिय महिला जनमत संघका उपाध्यक्षमा सुकनी देवी खंग, सचिवमा राजकुमारी नोनिया, सह सचिवमा मंजु देवी नोनिया, कोषाध्यक्षमा श्यामवती देवी खंगलाई चयन गरिएको छ । बसली देवी, सतोलिया देवी खंग, सरिता देवी खंग, सुकमैर देवी, रामरति देवी, पल्टि देवी, रामकुमारी देवी, दियावती देवी, तारा देवी, माला देवी नौनियार लगायत २१ जना सदस्यमा रहेकी छिन् ।

युवा जनमत संघको उपाध्यक्षमा भोला नोनियार, सचिवमा सुनिल साह, सह सचिवमा रुपेश यादव, कोषाध्यक्षमा दिपनारायण साह रहेका छन् भने सदस्यमा धर्मेन्द्र यादव, रन्जित यादव, अर्जुन शर्मा, विन्दु राम, अमर प्रसाद यादव, दिपक यादव, मनोज कुमार यादवलगायतका व्यक्तिहरु रहेका छन् ।

जनमत पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीका इन्चार्ज सुरेन्द्र मधेशीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा जनमत पार्टी सप्तरीका सदस्य तथा विष्णुपुर गाउँपालिकाका सचिव महेश प्रसाद यादवको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य युवा जनमत संघ सप्तरीका संयोजक मनोज यादवले गरे भने, कार्यक्रम सञ्चालन जनमत पार्टी सप्तरीका सदस्य सञ्जय मधेशीले गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]