२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

सेन्ट जेबियर्स सेकेन्डरि स्कुलको २० औं वार्षिकोत्सव सम्पन्न

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०८, २०७६

अजित भुजेल
बिरगंज,८ फाल्गुण।सेन्ट जेवियर्स सेकेन्डरि स्कुलको २० औं वार्षिकोत्सवको अवसरमा श्रीपुर स्थित विद्यालयको प्राङ्गणमा विभिन्न कार्यक्रमहरुको आयोजना गरि धुमधामका साथ मनाएको थियो।

सो अवसरमा बुधबार सेन्ट जेवियर्स सेकेन्डरि स्कुलले रक्तदान, आँखाकान चेक जाँच, म्याराथन प्रतियोगिता , क्वीज कन्टेस्ट लगायत नृत्य , नाटक र राष्ट्रियता झल्कने विभिन्न कार्यक्रमहरु गरिएको थियो ।

त्यसै गरिब सेन्ट जेवियर्स र बुद्ध फाउण्डेशन कलेजमा अध्यनरत छात्रछात्राहरुले राष्ट्रिय सेवा दलद्वारा व्य. न. ५९७६ दर्जा प्युठ पदको १५ औं ब्याच तालिम सफलता पुर्वक सम्पन्न गरेकाहरुलाई चण्डि प्रसाद गण बिरगंजका गणपति मदनजंग राणाले १८ जना छात्र र १८ जना छात्राहरुलाई प्रमाणपत्रले सम्मानित गरेको थियो । वार्षिक उत्सवकै अवसरमा विभिन्न कार्यक्रमहरुमा सहभागिता भई प्रथम स्थान ,दितिय स्थान र तृतीय स्थान प्राप्त भएकाहरुलाई विद्यालयले मेड्ल ,सिल्ड र कदरपत्रले सम्मान गरेको थियो ।

विद्यालयका निर्देशक एवं प्याप्सन पर्साका अध्यक्ष डा.हरिशंकर साहको सभापतित्वमा र आर्थिक मामिला तथा योजना मन्त्रि उषा कुमारी यादवको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा बिशिस्ट अतिथि बिरगंज महानगर पालिकाका मेयर बिजय सरावगी , चन्डी प्रसाद गणका गणपति मदनजंग राणा, विरगंज महानगरपालिका शिक्षा प्रमुख अरबिन्दलाल कर्ण, समाजसेवी पशुपति विक्रम शाह, श्रीमती उषा शाह, नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जरा , नेकपा बिरगंज नगर अध्यक्ष रहबर अन्सारी , नेकपाका नेता बाबुराम कौसिक , अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतम, बिरगंज वडा नं. ११ का वडा अध्यक्ष प्रद्युमन सेढाई , प्याब्सन पर्साका कोषाध्यक्ष सरोज प्रसाद चौधरी, सचीव छेदुप लामा, मनोकामना मा.वी का प्रधानध्यापक पुरन प्रधान,प्याब्सन का नगर अध्यक्ष आलोक चौरसिया , बिरगंज युवा समाजका अध्यक्ष कमल चौगाई ,लगायतकाको उपस्थिती रहेको थियो।स्वागत मन्तव्य स्कुलका प्रिन्सिपल सुमन कार्कीले र कार्यक्रम सन्चालन बलीराम श्रेष्ठले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]