२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

सेन्ट जेबियर्स सेकेन्डरि स्कुलको २० औं वार्षिकोत्सव सम्पन्न

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०८, २०७६

अजित भुजेल
बिरगंज,८ फाल्गुण।सेन्ट जेवियर्स सेकेन्डरि स्कुलको २० औं वार्षिकोत्सवको अवसरमा श्रीपुर स्थित विद्यालयको प्राङ्गणमा विभिन्न कार्यक्रमहरुको आयोजना गरि धुमधामका साथ मनाएको थियो।

सो अवसरमा बुधबार सेन्ट जेवियर्स सेकेन्डरि स्कुलले रक्तदान, आँखाकान चेक जाँच, म्याराथन प्रतियोगिता , क्वीज कन्टेस्ट लगायत नृत्य , नाटक र राष्ट्रियता झल्कने विभिन्न कार्यक्रमहरु गरिएको थियो ।

त्यसै गरिब सेन्ट जेवियर्स र बुद्ध फाउण्डेशन कलेजमा अध्यनरत छात्रछात्राहरुले राष्ट्रिय सेवा दलद्वारा व्य. न. ५९७६ दर्जा प्युठ पदको १५ औं ब्याच तालिम सफलता पुर्वक सम्पन्न गरेकाहरुलाई चण्डि प्रसाद गण बिरगंजका गणपति मदनजंग राणाले १८ जना छात्र र १८ जना छात्राहरुलाई प्रमाणपत्रले सम्मानित गरेको थियो । वार्षिक उत्सवकै अवसरमा विभिन्न कार्यक्रमहरुमा सहभागिता भई प्रथम स्थान ,दितिय स्थान र तृतीय स्थान प्राप्त भएकाहरुलाई विद्यालयले मेड्ल ,सिल्ड र कदरपत्रले सम्मान गरेको थियो ।

विद्यालयका निर्देशक एवं प्याप्सन पर्साका अध्यक्ष डा.हरिशंकर साहको सभापतित्वमा र आर्थिक मामिला तथा योजना मन्त्रि उषा कुमारी यादवको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा बिशिस्ट अतिथि बिरगंज महानगर पालिकाका मेयर बिजय सरावगी , चन्डी प्रसाद गणका गणपति मदनजंग राणा, विरगंज महानगरपालिका शिक्षा प्रमुख अरबिन्दलाल कर्ण, समाजसेवी पशुपति विक्रम शाह, श्रीमती उषा शाह, नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जरा , नेकपा बिरगंज नगर अध्यक्ष रहबर अन्सारी , नेकपाका नेता बाबुराम कौसिक , अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतम, बिरगंज वडा नं. ११ का वडा अध्यक्ष प्रद्युमन सेढाई , प्याब्सन पर्साका कोषाध्यक्ष सरोज प्रसाद चौधरी, सचीव छेदुप लामा, मनोकामना मा.वी का प्रधानध्यापक पुरन प्रधान,प्याब्सन का नगर अध्यक्ष आलोक चौरसिया , बिरगंज युवा समाजका अध्यक्ष कमल चौगाई ,लगायतकाको उपस्थिती रहेको थियो।स्वागत मन्तव्य स्कुलका प्रिन्सिपल सुमन कार्कीले र कार्यक्रम सन्चालन बलीराम श्रेष्ठले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । ‘समग्र परिस्थितिको मूल्याङ्कन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुन्छ,’ रास्वपाका एक नेताले भने । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ […]