२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

प्रदेश २ मा २ सय ३६ महिला अधिकार उलंघन

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०८, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,८फाल्गुण। प्रदेश २ मा २ सय ३६ महिला अधिकार उलंघन भएको पाइएको छ । बुधबार अनौपचारिक सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय जनकपुरधामले सार्वजनिक गरेको वर्ष पु्स्तक २०२० मा २ सय ३६ महिलाकोअधिकार उलंघन भएको जनाइएको छ ।

यकिन तथ्याङ्क नभएपनि विगत भन्दा यो संख्या दिनानु दिन बढ्दै गएको जनाइएको छ । महिला अधिकार उलंघनको संख्या वागमति प्रदेशमा सबै भन्दा बढी देखिएको छ । वागमती प्रदेशमा प्रदेश २ भन्दा दोब्बरले बढेको देखिन्छ । वागमती प्रदेशमा ७ सय ४७ महिलाको अधिकार उलंघन भएको इन्सेकले सार्वजनिक गरेको वर्ष पुस्तकमा उल्लेख भएको छ ।

प्रदेश २ मा जम्मा ७ सय ३० मानव अधिकार उलंघनको घटना भएको छ । यो संख्या गएको वर्षमा ६ सय १ मात्र थियो । प्रदेशमा ७ सय ३० मानव अधिकार उलंघन मध्ये महिला अधिकारकै २ सय ३६ घटना भएको पाइएको छ । प्रदेश २ मा मानव अधिकारको घटनामा सबै भन्दा बढी महिला पीडित भएको देखिएको छ । वर्ष पुस्तक अनुसार प्रदेशमा हत्या ७९ वटा, बाल अधिकार उलंघनका घटना २ सय २५, घाइते २६, अपहरण १७, घाइते २६, राज्यपक्षबाट ६, कुटपीट ५७ र राज्य पक्षबाट २२ वटा कुटपीट भएको छ ।

यस्तै धाकधम्की ९ जनालाई दिएको छ भने जातिय विभेद ५ र गिरफ्तार १५ जनालाई गरेको कितावमा मार्फत इन्सेकले जनाएको हो । यस्तै धनुषामा ९७ वटा मानव अधिकार उलंघनको घटना भएको छ, जस्मा हत्या र बलात्कार सबै भन्दा बढी भएको पाइएको छ । वर्ष पुस्तकको अनुसार धनुषामा १९ वटा महिला बलात्कृत भएकी छिन् भने १९ वटा हत्याको घटना पनि भएको छ ।

संगठित हुने अधिकारको हनन्को घटना १७ वटा, बहुविवाह ११ वटा र कुटपीट ४ वटा भएको देखिएको छ । इन्सेकका प्रदेश संयोजक राजु पासवान र एडभोकेसीका राजकुमार महासेठले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका थिए । यस वर्ष इन्सेक उत्कृष्ट प्रतिनिधिका रुपमा बारा जिल्ला प्रतिनिधि भोलानाथ पौडेल पुरुस्कृत भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अशोक राई नेतृत्वको नव गठित जनता समाजवादी पार्टी (जसपा) पत्रकार सम्मलेनको आयोजना गरेको छ । काठमाडौंको बिजुली बजारस्थित अल्फा बिटा भवनमा भोलि अपराह्न २ बजे पत्रकार सम्मेलन बोलाइएको हो। महासचिव ईश्तियाक राईनले देशको समसामयिक विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिएका छन् ।

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–२ का २५ वर्षीय सुनिल शाही मृत्यु घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले शंकास्पदमाथि सोधपुछ गर्ने कार्य भइरहेको छ। शाहीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनःस्थापना केन्द्र (सुधारगृह)मा बुधबार बिहान मृत्यु भएको थियो। पीडित परिवारले शाहीको सुधारगृहमा कुटपिट गरेर हत्या गरिएको आरोप लगाएको छ। ‘शरीरभर ठाउँ […]

काठमाडौं। युके पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। प्रहरीले सर्लाही हरिपुर नगरपालिका–२ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका–७ बस्ने ३० वर्षीय विधान कार्कीलाई सोमबार पक्राउ गरेको हो। कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्कविहीन भई ठगी गरेको खुल्न […]