२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

दुई बुदें सहमतिपछि लक्ष्मण थारुले अनशन तोडिए

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०९, २०७६

न्यूजमधेश सम्बादाता
कैलाली,९ फाल्गुण ।थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले बुधबार ८औं दिनमा अनशन तोडेका छ्न।

नेता थारुलाई कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जुस खुवाएर अनशन तोडाएका हुन् । नेता थारु फागुन १ गतेदेखि १४ बुँदे माग राख्दै आमरण अनशन बस्दै आएका थिए ।

उनको स्वास्थ्य अवस्थाको मध्यनजर गर्दै धनगढी संम्वाद समुहले कैलाली जिल्लामा रहेका राजनैतिक दलसंगको सम्वादमा दुई बुँदे सहमति भएको थियो ।

सम्वाद समुहले गरेको छलफलमा थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुको विगत ८ दिन लामो अनशका कारणले स्वास्थ्य अवस्था गभ्भिर रहेको र अनशनकारीको जीवन रक्षा संवेदनशिल भएकोले मोर्चाले उठाएको मुद्धाहरु सामाधान गर्नका लागि गठित गरिसचन्द्र लालको नेतृत्वमा बनेको उच्चस्तरी आयोग र अन्य विभिन्न समयमा बनेको छानवीन समितिको सत्य तथ्य छानवीन प्रतिबेदन सार्वजनिक गर्ने लगायतका मोर्चाले उठाएका उचित मागहरु राजनैतिकरुपले समाधान गर्न नेपालसरकारलाई अनुरेध गर्न कैलाली जिल्लाका क्रियाशील पार्टीहरु सहमत भएको छ ।

त्यस्तै अनशनरत नेता लक्ष्मण थारुलाई शान्तिपूर्ण आन्दोलनको अन्तिम अस्त्र आमरण अनशनलाई स्थगतन गरि कैलाली जिल्लाका राजनैतिक दलसंग छलफल र सहकार्य गर्दै आन्दोलनका अन्य विकल्पहरु अगाडी सार्न अनुरोध गरेको छ ।

अनशन स्थगन गर्रदै नेता थारुले भने ‘यो नै आन्तिम आन्दोलन होईन, अनशन मात्रै तोडेको हो । आन्दोलन जारी रहन्छ । सम्वाद समुह, राजनीतक दल लगायत सम्पूर्णलाई धन्यवाद ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]