१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

विद्यार्थी जनमत संघ झापा गठन

Logo
प्रकाशित शनिबार, फाल्गुण १०, २०७६

न्यूजमधेश सम्बादाता
झापा,१० फाल्गुण।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन विद्यार्थी जनमत संघ गठन भएको छ ।

शनिबार झापा जिल्लाको राजगढमा जनमत पार्टीका केन्द्रिय सदस्य कोशीला महतोको अध्यक्षतामा विद्यार्थी जनमत संघको केन्द्रिय अध्यक्ष पोषण यादवको प्रमुख आतिथ्यमा विशाल मण्डलको नेतृत्वमा २१ सदस्यीय जिल्ला स्तरीय विद्यार्थी जनमत संघ झापा गठन भएको छ ।

संघको उपाध्यक्ष डेशीका सहनी,सचिव मन्जु राजवंशी,सह-सचिव मो सलाम आलम र कोषाध्यक्ष अनसार आलम सर्वसहमतिले चयन भएको छ ।

त्यसैगरी जसोधा राजवंशी, मो रिजवान, मुस्कान सहनी,मनता राजवंशी,आशा साह,रविना राजवंशी,विना राजवंशी,करण महतो,एलिना श्रेष्ठ, सरोज श्रेष्ठ, लक्ष्मी राजवंशी, सर्मिला राजवंशी, अनजना राजवंशी, इन्द्र राजवंशी र रतन राजवंशीसमेत संघको सदस्यमा रहेको हो।

उक्त कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी,शिक्षक ,समाजसेवी पार्टीका नेता कार्यकर्ताहरु लगाइत सयौ जनाको सहभागितामा भव्यताको साथ् कार्यक्रम सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]