२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

साँसद अरगरियाद्वारा कमला पुलको निरीक्षण

Logo
प्रकाशित आइतबार, फाल्गुण ११, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,११फाल्गुण । समाजवादी पार्टीका संघीय साँसद तथा प्रमुख सचेतक उमाशंकर अरगरियाले धनुषा–सिरहा जोड्ने हुलाकी सडक अन्तर्गतको कमला पुलको निरीक्षण गरेका छन् ।

संसदमा समेत पुल निर्माणमा ढिलाइ भइरहेको भन्दै पटक पटक आवाज उठाएका साँसद अरगरियाले पुलको निरीक्षण पश्चात निर्माण समयमा सक्न ठेकेदार कम्पनीका प्रतिनिधिसँग आग्रह गरेका हुन् । ठेकेदार कम्पनी लुम्बिनी बिल्डर्सका प्रतिनिधिले जेठभित्रै निर्माण सक्ने साँसद अरगरिया समक्ष प्रतिवद्धता जनाएका छन् ।

पुल निर्माणका लागि ९ वर्ष अगाडी २४ करोड ९१ लाखमा पप्पु कन्ट्रक्सनले ठेक्का लिएका थिए । तर पुल निर्माण समयमा गर्न सकेन । पटक पटक म्याद थपेपनि काममा ढिलाइ गर्दा ठेक्का तोडेर लुम्बिनी बिल्डर्सलाई दिएको छ ।

लुम्बिनी बिल्डर्सले ठेक्का पाएदेखि पुल निर्माण तिब्र गतिमा भइरहेको छ । निरीक्षण पश्चात साँसद अरगरियाले भने, ‘पुल निर्माणले तिब्रता पाएको छ । अब केहि दिनभित्रै निर्माण सकिने विश्वास छ ।’

पुल निर्माण समयमा नहुँदा धनुषा र सिरहाका दर्जनौं गाउँका बासिन्दा ठूलो समस्या झेल्दै आएका छन् । असारमा हरेक वर्ष आउने बाढीले महिनौंसम्म उक्त सडक ठप्प हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]