१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

कम्युनिस्टलाई सत्तामा पुगेपछि रोग लाग्यो उपचार गर्नुपर्छ भनेर भनेकै होः प्रचण्ड

Logo
प्रकाशित आइतबार, फाल्गुण ११, २०७६

राम सागर मण्डल
जनकपुरधाम,११ फाल्गुण।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान सञ्चारमन्त्रीको घटनामा अख्तियार लगायतका निकायले अनुसन्धान शुरु गरेको बताएका छन् ।

आइतवार जनकपुर पुगेका प्रचण्डले अख्तियार दुरुपयोग अनुन्धान आयोग, लेखासमिति लगायतले अनुसन्धान शुरु गरेको बताएका हुन् ।

धनुषाको ठेराकचुरीमा १५ दिने माध्यमिकी परिक्रमको सुभारम्भ समारोहमा सहभागी भएका प्रचण्डले भने, ‘सञ्चारमन्त्रीवाला घटनामा सम्बन्धित निकायले जाँचबुझ गर्ने भनिसकेकै छ, अख्तियार अरु सबैले । लेखा समितिमा पनि यो विषयमा कुरा चलिरहेको त्यो भइनै हाल्यो ।’

अध्यक्ष प्रचण्डले कम्युनिस्टहरु सत्तामा पुगेपछि बिग्रिने रोग लागेको भनेर आफूले भक्तपुरमा दिएको अभिव्यक्ति आफ्नो पार्टीलाई लक्षित गरेर नदिएको उल्लेख गरे ।

‘मैले भक्तपुरमा भएको कार्यक्रममा बोल्दा संसारभरीको कुरा बोलेको हो, हाम्रो पार्टीको मात्रै भनेको होइन’, उनले भने, ‘कम्युनिस्टहरु संघर्ष गर्दासम्म राम्रो र कम्युनिस्ट सत्तामा पुगेपछि नराम्रो रोग लागेको त विश्वभरी छ । त्यो रोगको उपचार गर्नैपर्छ भनेर मैले अपिल गरेको हो ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]