२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

कमला नगरपालिकामा छोरी शिक्षा विमा कार्यक्रम

Logo
प्रकाशित बुधबार, फाल्गुण १४, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१४ फाल्गुण।मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा विमा कार्यक्रम मंगलबार धनुषाको कमला नगरपालिकामा भएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले उद्घाटन गरेपछि छोरी शिक्षा विमा कार्यक्रम भएको हो ।कार्यक्रमको उद्घाटन गर्दै मन्त्री यादवले प्रदेश सरकारले छोरीको लागि विभिन्न कार्यक्रमहरु ल्याएको बताए ।

छोरीको लागि ५० प्रतिशत आरक्षण दिने पहिलो प्रदेश रहेको मन्त्री यादवले थपे ।सो अवसरमा प्रदेशसभा सदस्य एवम् समाजवादी पार्टीका संसदीय दलका उपनेता रामअशिष यादवले प्रदेश सरकारले समाजिक कुरीति अन्त्य गर्नको लागि छोरी शिक्षा विमा कार्यक्रम ल्याएको बताए ।

बालविवाह, दाइजो प्रथा, महिला हिंसा न्युनिकरण गर्नको लागि छोरीलाई शिक्षित बनाउनुपर्छ, उनले भने–छोरीलाई शिक्षित बनाउन प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु ल्याएको छ ।कमला नगरपालिकाका मेयर रामउदगार गोइतको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी पार्टी धनुषा समन्वय समितिका अध्यक्ष पशुपति यादव, नेपाल बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जीतेन्द्र कुमार यादव,कमला नगरपालिकाकी उपमेयर शिला देवी मण्डल,मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानका निर्देशक समिति सदस्य ममता मण्डल लगायतको उपस्थिति रहेको थियो ।

मंगलबार साँझसम्म ७१ जना छोरीको फारम दर्ता भइसकेको बेटी पढाउ, बेटी बचाउ अभियानका संयोजक प्रियंका यादवले बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]