२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

विपन्न परिवारलाई कम्बल

Logo
प्रकाशित बुधबार, फाल्गुण १४, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१४फाल्गुण।धनुषा जिल्लाको औरही गाउँपालिकामा विपन्न परिवारलाई मंगलबार कम्बल वितरण गरिएकोछ।

मंगलबार जिल्ला विपद्व्य वस्थापन समिति,नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाको सहयोगमा जुम नेपालको संयो जकत्वमा औरही गाउँपालिकाको झिटकोहिया टोलमा २८ जना अति विपन्न परिवारलाई कम्बल वितरण गरिएको हो।

कम्बल वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कनेल, सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल,नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाको सभापति नरेश प्रसाद सिंह ,राजकिशोर यादव लगायतको उपस्थितिमा कम्बल वितरण गरेको जूम नेपालका अध्यक्ष मनोज कुमार साहले जनाकारी दिए।

त्यसैगरि जनकनन्दनी गाउँपालिकाको खजुरी महुवास्थित महरा टोलमा सोमबार २८ जना अशक्त,अपांग लगायत अति बिपन्न घरपरिवारलाई कम्बल वितरण गरेको थियो।

उक्त कम्बल वितरण कार्यक्रममा स्थानीय राकेश गुप्ता, आशिन साफी, जगतारैन देवि महरा, गेना देवी र डा हासिम राईन समेतको उपस्थिति रहेको अध्यक्ष साहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अशोक राई नेतृत्वको नव गठित जनता समाजवादी पार्टी (जसपा) पत्रकार सम्मलेनको आयोजना गरेको छ । काठमाडौंको बिजुली बजारस्थित अल्फा बिटा भवनमा भोलि अपराह्न २ बजे पत्रकार सम्मेलन बोलाइएको हो। महासचिव ईश्तियाक राईनले देशको समसामयिक विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिएका छन् ।

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–२ का २५ वर्षीय सुनिल शाही मृत्यु घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले शंकास्पदमाथि सोधपुछ गर्ने कार्य भइरहेको छ। शाहीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनःस्थापना केन्द्र (सुधारगृह)मा बुधबार बिहान मृत्यु भएको थियो। पीडित परिवारले शाहीको सुधारगृहमा कुटपिट गरेर हत्या गरिएको आरोप लगाएको छ। ‘शरीरभर ठाउँ […]

काठमाडौं। युके पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। प्रहरीले सर्लाही हरिपुर नगरपालिका–२ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका–७ बस्ने ३० वर्षीय विधान कार्कीलाई सोमबार पक्राउ गरेको हो। कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्कविहीन भई ठगी गरेको खुल्न […]