२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

नेकपा र कांग्रेस परित्यागगरी समाजवादीमा प्रवेश

Logo
प्रकाशित बिहिबार, फाल्गुण १५, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१५ फाल्गुण । धनुषाको सहिद नगर नगरपालिकामा नेकपा र नेपालीकांग्रेस परित्यागगरी एक दर्जन कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

बुधवार एक समारोहबीच शहिदनगर नगरपालिका १ मा विसु अभियानका धनुषा संयोजक तथा संघीय साँसद उमाशंकर अरगरिया, प्रदेश साँसदद्धय रामअशिष यादब, शैलेन्द्र यादब र जिल्ला अध्यक्ष पशुपति यादबले संयुक्त रुपमा पार्टीको झण्डा गाडेर कार्यालयको उद्घाटन गरेका छन् । पार्टी नगर अध्यक्ष दिनेश यादवको अध्यक्षता भएको पार्टी कार्यालय उद्घाटन समारोहमा स्थानीय दर्जनौं व्यक्ति नेकपा र नेपाली कांग्रेस पार्टी परित्याग गरी समाजवादीमा प्रवेश गरे ।

स्थानीय भोला यादव, राम कृपाल महतो, राजु मण्डल, दिपेन्द्र मण्डल, धिरज मण्डल, गुरुदयाल मण्डल, दुर्योधन यादव ,नरेश यादव ,देव शंकर यादव, मिन्टु यादव, गिरजा राय लगायतले नेकपा परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशी कार्यकर्ताहरुलाई संघीय साँसद अरगरिया, प्रदेश साँसद र जिल्ला अध्यक्षले माला लगाएर स्वागत गरेका थिए ।

पार्टीका प्रमुख सचेतक समेत रहेका धनुषा २ बाट निर्वाचित संघीय साँसद अरगरियाको प्रमुख अतिथिमा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा केन्द्रीय सदस्य एवं क्षेत्र २ का विसु अभियानका अभियन्ता अरुण सिंह मण्डल, विजय भगत, विनोद रोहिता, प्रमोद कुमार अधिकारी, उमेश निराला, बिजय कुमार यादव, उमेश कुमार यादव लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]