२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

रेडक्रसको अभिमुखीकरण कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शनिबार, फाल्गुण १७, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१७ फाल्गुण। नेपाल रेडक्रस सोसाइटी धनुषाले विपद्व्य वस्थापन तथा समाजिक सुरक्षा सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम गरेको छ।

युनिसेफको सहयोगमा शुक्रबार भएको सो कार्यक्रममा विपद आएको बेलामा पीडित परिवारजनलाई कसरी सहयोग गर्ने त्यस बारे जानकारी गराइएको छ ।

रेडक्रसका धनुषा सभापति रामनरेश सिंहको अध्यक्षतामा धनुषाको मिथिला नगरपालिका वडा नं. ८ मा भएको अभिमुखीकरण कार्यक्रममा रेडक्रसले गर्दै आएको कार्यको बारेमा जानकारी गराउँदै प्रकृतिक प्रकोप आउनुभन्दा अघि र पछि पीडितहरुको हकमा कसरी कार्य गर्ने बताए ।

सहभागीहरुले पीडितहरुलाई जहाँ सहज किसिमले सामानहरु उपलब्ध हुन्छ त्यहाँ नगद नै सहयोग गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।रेडक्रस प्रतिनिधि रमेशले भने,बाढीबाट पीडित व्यक्तिलाई सामान दिनेकि नगद रुपैया दिने वातावरण र ठाउँमा निर्भर पर्छ ।’ उनले जहाँ समान उपलब्ध छैन त्यहाँ सामान नै दिनुपर्छ।तर जहाँ सामान उपलब्ध छ त्यस्तो ठाउँमा नगद दिएमा ढुवानी खर्चको बचत हुने बताएका छन् ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले रकम वा सामान दिनुभन्दा तालिमको अति आवश्यक रहेको बताएका छन्।

प्राकृतिक प्रकोपबाट बाँच्नका लागि वर्तमान अवस्थामा विभिन्न प्रकारको तालिम आवश्यक रहेको जिकिर गरेका छन् ।उनले भने,गरिबी न्यूनिकरण र जोखिमबाट बाँच्नका लागि स्थानीय सरकारले सशक्त रूपमा दिगो बिकास लक्ष्यप्राप्ति मा समेत सहयोग हुनेगरी बजेट छुट्याउनु पर्ने अवस्था रहेको छ ।

यसमा आफूले सक्दो सहयोग गर्नेछौं ।’त्यस्तै मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो र औरही गाउँपालिकाका अध्यक्ष ब्रम्ह्देव यादवले रेडक्रसले स्थलगत तथ्यांक संकल्न गर्न लागेकोप्रति प्रशंसा गरे।अध्यक्षद्वयले तथ्यांक हाम्रो लागि मुल सम्पत्ति हुनसक्ने रेडक्रसले सत्यतथ्य तथ्यांक संकलन गरेकै आधारमा पालिका’ द्वारा हुने सहयोग ,समाजिक सुरक्षा व्यवस्थापन गर्ने बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]