२२ माघ २०८२, बिहिबार
05-02-2026 , Thu
×

रेडक्रसको अभिमुखीकरण कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शनिबार, फाल्गुण १७, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१७ फाल्गुण। नेपाल रेडक्रस सोसाइटी धनुषाले विपद्व्य वस्थापन तथा समाजिक सुरक्षा सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम गरेको छ।

युनिसेफको सहयोगमा शुक्रबार भएको सो कार्यक्रममा विपद आएको बेलामा पीडित परिवारजनलाई कसरी सहयोग गर्ने त्यस बारे जानकारी गराइएको छ ।

रेडक्रसका धनुषा सभापति रामनरेश सिंहको अध्यक्षतामा धनुषाको मिथिला नगरपालिका वडा नं. ८ मा भएको अभिमुखीकरण कार्यक्रममा रेडक्रसले गर्दै आएको कार्यको बारेमा जानकारी गराउँदै प्रकृतिक प्रकोप आउनुभन्दा अघि र पछि पीडितहरुको हकमा कसरी कार्य गर्ने बताए ।

सहभागीहरुले पीडितहरुलाई जहाँ सहज किसिमले सामानहरु उपलब्ध हुन्छ त्यहाँ नगद नै सहयोग गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।रेडक्रस प्रतिनिधि रमेशले भने,बाढीबाट पीडित व्यक्तिलाई सामान दिनेकि नगद रुपैया दिने वातावरण र ठाउँमा निर्भर पर्छ ।’ उनले जहाँ समान उपलब्ध छैन त्यहाँ सामान नै दिनुपर्छ।तर जहाँ सामान उपलब्ध छ त्यस्तो ठाउँमा नगद दिएमा ढुवानी खर्चको बचत हुने बताएका छन् ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले रकम वा सामान दिनुभन्दा तालिमको अति आवश्यक रहेको बताएका छन्।

प्राकृतिक प्रकोपबाट बाँच्नका लागि वर्तमान अवस्थामा विभिन्न प्रकारको तालिम आवश्यक रहेको जिकिर गरेका छन् ।उनले भने,गरिबी न्यूनिकरण र जोखिमबाट बाँच्नका लागि स्थानीय सरकारले सशक्त रूपमा दिगो बिकास लक्ष्यप्राप्ति मा समेत सहयोग हुनेगरी बजेट छुट्याउनु पर्ने अवस्था रहेको छ ।

यसमा आफूले सक्दो सहयोग गर्नेछौं ।’त्यस्तै मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो र औरही गाउँपालिकाका अध्यक्ष ब्रम्ह्देव यादवले रेडक्रसले स्थलगत तथ्यांक संकल्न गर्न लागेकोप्रति प्रशंसा गरे।अध्यक्षद्वयले तथ्यांक हाम्रो लागि मुल सम्पत्ति हुनसक्ने रेडक्रसले सत्यतथ्य तथ्यांक संकलन गरेकै आधारमा पालिका’ द्वारा हुने सहयोग ,समाजिक सुरक्षा व्यवस्थापन गर्ने बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]