२२ बैशाख २०८२, मंगलबार
06-05-2025 , Tue
×

मन्त्रीकै नेतृत्वमा अतिक्रमित जग्गामा बनाइएका घर भत्काउन शुरु

Logo
प्रकाशित सोमबार, फाल्गुण १९, २०७६

न्यूजमधेश सम्बादाता
महोत्तरी,१९ फाल्गुण।भूमी, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालको नेतृत्वमा महोत्तरीको गौशलास्थित निगौल गाई गौशालाको जग्गामा निर्माण गरिएको घर भत्काउन शुरु गरिएको छ । आईतबार मन्त्री अर्याल आएपछि उनकै सामुन्नेमा घर भत्काइएको हो ।

यहाँ निर्माण गरिएको ३० घर मध्ये ३ घरमा मात्रै सुकुम्बासी देखिएको सरकारको दावी छ । सरकारले सुकुम्बासीभन्दा पनि टाठा बाठाहरु आएर जग्गा अतिक्रमण गरेका कारण भत्काउन शुरु गरिएको मन्त्री अर्यालले बताइन् ।

निगौल गाई गौशालाको जग्गा अतिक्रमण गरी बनाइएका ३० वटै घर भत्काइनेछ । यसका निम्ति तीन वटा डोजरको प्रयोग गरिएको छ ।

मन्त्री अर्यालले मिचिएका सार्वजनिक जग्गा फिर्ता गर्ने सरकारको नीति अनुरुपै घर टहरा भत्काउन लागिएको बताइन् । सार्वजनिक तथा गुठीका अतिक्रमित गर्ने अभियान काठमाडौंबाट यसअघि नै सुरु भएको र प्रदेश २ मा गौशलाबाट सुरु गरिएको मन्त्रीको भनाई छ ।

शनिबार साँझ ५ बजेभित्र घर टहरा खाली गर्न गाई गौशालाले अन्तिम अल्टिमेटम दिएको थियो । यसअघि दिइएको ३५ दिने समयावधी फागुन १२ मै सकिसकेको थियो ।

मन्त्री अर्यालसँगै महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री पनि अतिक्रमित जग्गा खाली गराउन खटिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]