२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

मन्त्रीकै नेतृत्वमा अतिक्रमित जग्गामा बनाइएका घर भत्काउन शुरु

Logo
प्रकाशित सोमबार, फाल्गुण १९, २०७६

न्यूजमधेश सम्बादाता
महोत्तरी,१९ फाल्गुण।भूमी, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालको नेतृत्वमा महोत्तरीको गौशलास्थित निगौल गाई गौशालाको जग्गामा निर्माण गरिएको घर भत्काउन शुरु गरिएको छ । आईतबार मन्त्री अर्याल आएपछि उनकै सामुन्नेमा घर भत्काइएको हो ।

यहाँ निर्माण गरिएको ३० घर मध्ये ३ घरमा मात्रै सुकुम्बासी देखिएको सरकारको दावी छ । सरकारले सुकुम्बासीभन्दा पनि टाठा बाठाहरु आएर जग्गा अतिक्रमण गरेका कारण भत्काउन शुरु गरिएको मन्त्री अर्यालले बताइन् ।

निगौल गाई गौशालाको जग्गा अतिक्रमण गरी बनाइएका ३० वटै घर भत्काइनेछ । यसका निम्ति तीन वटा डोजरको प्रयोग गरिएको छ ।

मन्त्री अर्यालले मिचिएका सार्वजनिक जग्गा फिर्ता गर्ने सरकारको नीति अनुरुपै घर टहरा भत्काउन लागिएको बताइन् । सार्वजनिक तथा गुठीका अतिक्रमित गर्ने अभियान काठमाडौंबाट यसअघि नै सुरु भएको र प्रदेश २ मा गौशलाबाट सुरु गरिएको मन्त्रीको भनाई छ ।

शनिबार साँझ ५ बजेभित्र घर टहरा खाली गर्न गाई गौशालाले अन्तिम अल्टिमेटम दिएको थियो । यसअघि दिइएको ३५ दिने समयावधी फागुन १२ मै सकिसकेको थियो ।

मन्त्री अर्यालसँगै महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री पनि अतिक्रमित जग्गा खाली गराउन खटिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]