२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

अदालतमा कार्यरत एक कर्मचारी दुई लाख घुस सहित पक्राउ

Logo
प्रकाशित बिहिबार, फाल्गुण २९, २०७६

न्यूजमधेश सम्बादाता
कपिलवस्तु ,२९फाल्गुण। कपिलवस्तु जिल्ला अदालतमा कार्यरत दोभासेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले दुई लाख रुपैयाँ रंगेहाते घुससहित पक्राउ गरेको छ ।

सेवाग्राहीका ठगी मुद्दाकाे सहजीकरण गरिदिन का लागि घुस लिदै गरेको अवस्था मा अदालतका दोभासे विश्वनाथ चौधरी (कुर्मी ) लाई नगद सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुषालले बताए ।

कपिलबस्तु नगरपालिका वडा १ गौढीचौकमा रहेको महामाया अफसेट प्रेसबाट विश्वनाथ चौधरीलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धानका लागि आयोगले नियन्त्रणमा राखेको अख्तियारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]