२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

प्रभु बैंक जिल्ला प्रशासन कार्यालयमा

Logo
प्रकाशित शनिबार, चैत्र ०१, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१ चैत्र ।जिल्ला प्रशासन कार्यालय धनुषामा प्रभु बैंकले आफ्नो ३३ औं एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र सरल सेवा प्रदान गर्ने उद्येश्यको साथ जिल्ला प्रशासन कार्यालय जनकपुरमा प्रभु बैंकले आफ्नो एक्सटेन्सन काउन्टर सन्चालनमा ल्याएको प्रभु बैंक प्रदेश २ का प्रमुख मन्त्रीलाल गुप्ताले बताए।

प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १५८ वटा एटीएम, ३३ वटा एक्सटेन्सन काउन्टर तथा १७ वटा शाखारहित बैंकिब सेवामार्फत देशभरीका ७० जिल्लामा अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिब सेवा दिदै आएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेल, प्रभु बैंक प्रदेश २ का प्रमुख मन्त्रीलाल गुप्ता, प्रभु बैंक जनकपुर शाखाका प्रमुख अशोक साह लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]