२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

प्रभु बैंक जिल्ला प्रशासन कार्यालयमा

Logo
प्रकाशित शनिबार, चैत्र ०१, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१ चैत्र ।जिल्ला प्रशासन कार्यालय धनुषामा प्रभु बैंकले आफ्नो ३३ औं एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र सरल सेवा प्रदान गर्ने उद्येश्यको साथ जिल्ला प्रशासन कार्यालय जनकपुरमा प्रभु बैंकले आफ्नो एक्सटेन्सन काउन्टर सन्चालनमा ल्याएको प्रभु बैंक प्रदेश २ का प्रमुख मन्त्रीलाल गुप्ताले बताए।

प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १५८ वटा एटीएम, ३३ वटा एक्सटेन्सन काउन्टर तथा १७ वटा शाखारहित बैंकिब सेवामार्फत देशभरीका ७० जिल्लामा अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिब सेवा दिदै आएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेल, प्रभु बैंक प्रदेश २ का प्रमुख मन्त्रीलाल गुप्ता, प्रभु बैंक जनकपुर शाखाका प्रमुख अशोक साह लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]