२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

तस्करी गर्न ठीक पारिएको ७८ हजार मास्कसहित ८ जना प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित शनिबार, चैत्र ०१, २०७६

न्यूजमधेश सम्बादाता
काठमाडौं, १ चैत्र।कोरोना भाइरसको बहानामा कालोबजारी गर्न जम्मा पारिएको ठूलो परिमाणको मास्कसहित ८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले बताए ।

महानगरीय प्रहरी परिसर काठमाण्डुका नायब उपरीक्षक होबीन्द्र बोगटीले उनीहरुलाई काठमाण्डुको डल्लुबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकाहरुको साथबाट ७८ हजार २ सय ५० वटा मेडिकल मास्क बरामद भएको उनले बताए ।

पक्राउ पर्नेमा काभ्रे रोशी गाउँपालिका-९ का मानकाजी लामा, गणेश तामाङ, रामेछापका शिव खड्का, बाजुराका थुमराज उपाध्याय र न्रिप कार्की छन् । यस्तै अन्यमा काठमाण्डु नागार्जुन–२ का अनिश कार्की र उज्जवल अधिकारी तथा मास्क गोदामका मालिक काभ्रेका मिन्टु लामा छन् । उनीहरुले बजारमा प्रगिगोटा ३ रुपैयाँमा पाइने सर्जिकल मास्क उठाएर तस्करीमा ५० रुपैयाँका दरले बेच्ने तयारी गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले गोदाममा छापा मारेको थियो ।

कोरोना भाइरस (कोभिड–१९) को नाममा राजधानीमा मास्क तस्करी बढेपछि प्रहरीले सक्रियता बढाएको हो । यसअघि राजधानीका दर्जन बढी मेडिकल सञ्चालकलाई बढी मूल्यमा मास्क बिक्री गरेको आरोपमा पक्राउ गरी १ लाखदेखि २ लाख रुपैयाँसम्म जरिवाना गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]