२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

तस्करी गर्न ठीक पारिएको ७८ हजार मास्कसहित ८ जना प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित शनिबार, चैत्र ०१, २०७६

न्यूजमधेश सम्बादाता
काठमाडौं, १ चैत्र।कोरोना भाइरसको बहानामा कालोबजारी गर्न जम्मा पारिएको ठूलो परिमाणको मास्कसहित ८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले बताए ।

महानगरीय प्रहरी परिसर काठमाण्डुका नायब उपरीक्षक होबीन्द्र बोगटीले उनीहरुलाई काठमाण्डुको डल्लुबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकाहरुको साथबाट ७८ हजार २ सय ५० वटा मेडिकल मास्क बरामद भएको उनले बताए ।

पक्राउ पर्नेमा काभ्रे रोशी गाउँपालिका-९ का मानकाजी लामा, गणेश तामाङ, रामेछापका शिव खड्का, बाजुराका थुमराज उपाध्याय र न्रिप कार्की छन् । यस्तै अन्यमा काठमाण्डु नागार्जुन–२ का अनिश कार्की र उज्जवल अधिकारी तथा मास्क गोदामका मालिक काभ्रेका मिन्टु लामा छन् । उनीहरुले बजारमा प्रगिगोटा ३ रुपैयाँमा पाइने सर्जिकल मास्क उठाएर तस्करीमा ५० रुपैयाँका दरले बेच्ने तयारी गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले गोदाममा छापा मारेको थियो ।

कोरोना भाइरस (कोभिड–१९) को नाममा राजधानीमा मास्क तस्करी बढेपछि प्रहरीले सक्रियता बढाएको हो । यसअघि राजधानीका दर्जन बढी मेडिकल सञ्चालकलाई बढी मूल्यमा मास्क बिक्री गरेको आरोपमा पक्राउ गरी १ लाखदेखि २ लाख रुपैयाँसम्म जरिवाना गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राईले पार्टीको नाम जसपा मात्र राखेर पार्टी दर्ता गराएका हुन् । श्रेष्ठसहित जसपा […]

जनकपुरधाम ।मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएको जसपा नेपाल संसदीय दलको बैठकमा जनमत पार्टीले अवरुद्ध गर्दै आइरहेको प्रदेशसभा बैठक सञ्चालन गर्न पहल गर्ने सहमति भएको प्रदेश सांसद रामअशिष यादवले बताए […]

काठमाडौं । जनमत पार्टीले विदेशमा रहेका नेपालीहरुलाई आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ । पार्टीका अध्यक्ष डा.सीके राउतले मंगलबार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै प्रवासी नेपालीहरुलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरु गर्न आग्रह गरेका छन् । ‘प्रवासी नेपालीहरूले गर्दा वार्षिक झण्डै १५ खर्ब विप्रेषण आय प्राप्त हुने गरेको […]