२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

खुला रक्सीले ८ को मृत्यु, ६ सिकिस्त गाउनै शोकमा

Logo
प्रकाशित आइतबार, चैत्र ०२, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,२ चैत्र । खुला रक्सीका कारण व्यक्तिको ज्यान गइरहेको समाचार बाहिर आइरहँदा धनुषा प्रहरीले रक्सीका कारण आठ जनाको मात्रै मृत्यु भएको जनाएको छ । अन्य व्यक्तिको अन्य कारणले मृत्यु भएको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार क्षिरेश्वरनाथ नगरपालिका २ रमदैया बस्ने ३५ बर्षीय ब्रहम देव यादव, ४० बर्षीय रामबिलास मण्डल, ३० बर्षीय राजु महरा, ६५ बर्षीय गुदरी महरा, ६५ बर्षीय श्रीदेव यादव, सोही नगरपालिकाको वडा नम्बर १ बस्ने ३६ बर्षीय रामनारायण महरा, २७ बर्षीय इन्द्रजीत महरा, ४७ बर्षीय शत्रुद्यन मण्डलको रक्सी सेवनका कारण मृत्यु भएको छ ।

यी सबैको फागुन २९ गतेदेखि चैत १ गतेसम्म मृत्यु भएको धनुषा प्रहरीका प्रबक्ता एवं डिएसपी रामेश्वर कार्कीले जानकारी दिए । उनका अनुसार ६ जना सिकिस्त भई उपचार गराइरहेका छन् ।

उनले क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयाका ३७ बर्षीय रामईश्वर महरा, वडा नम्बर २ रमदैया बस्ने २३ बर्षीय प्रदिप सदा, ५० बर्षीय भरत मण्डल, ४४ बर्षीय मनिर नदाफ, २२ बर्षीय भरत सदा र ५० बर्षीय सिताराम यादवको उपचार भइरहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]